धुलिखेल/प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा कार्यकाल अवधीमा भएका महत्वपूर्ण गतिविधिहरुलाई सूचिबद्ध गर्दै विदाई भएकी छिन् । २०८० भाद्र १८ गते हाजिर भएकी शर्माको २०८१ बैशाख १६ गृहमन्त्रालयले बर्दिया जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा निकालेको थियो । उनको स्थानमा मकवानपुरमा प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत सुर्यप्रसाद सेढाईको सरुवा भएको छ । प्रजिअ शर्मा आईतबार २०८१ जेठ २० गते विदाई भएकी हुन् ।
प्रमुख जिल्ला अधिकारी शर्माले कार्यकालको ९ महिना अवधीमा कार्यसम्पादन, सेवा प्रवाह र सुशासन कायम राख्न भएका मुख्य ७० वटा उपलब्धी भएको सार्वननिक गरिन् । विशेषगरी लैङ्गिकमैत्री सेवा, अशक्त, अपाङ्गता, जेष्ठ नागरिक र गर्भवती महिलाहरुका लागि विशेष प्रकृतिका सेवा उपलब्ध गराएको बताउँदै प्रमुख जिल्ला अधिकारी शर्माले शान्ति सुरक्षा र अमनचयन कायम गर्ने प्रयत्नमा पनि कार्यकाल सफल रहेको बताईन् । एकाध घटनाका बारेमा अनुसन्धान भईरहेको बताउँदै प्रजिअ शर्माले जिल्लाबासीहरुलाई धन्यवाद दिदै नागरिकमैत्री सेवाका लागि पूर्वाधार लगायतका क्षेत्रमा सुधारात्मक कार्य गर्न आवश्यक रहेको बताइन् ।





