2026 April 28/ 04:03: 41am

    बनेपा/विश्व वातावरण दिवसको अवसर पारी सामाजिक उत्थान तथा वातावरणीय संरक्षण समाज नेपाल बनेपा ७ ले नगर क्षेत्रका विद्यालयका प्रधानाध्यापक तथा विद्यार्थीहरुलाई प्लास्टिक तथा प्लास्टिकजन्य सामाग्रीहरुको प्रयोग न्यूनिकरण एवं उचित ब्यवस्थापन विषयक कार्यशाला गोष्ठी आयोजना गरेको छ । 
    बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष रघुनाथ घिमिरेको अध्यक्षता रहेको थियो । काठमाडौ विश्वविद्यालय वातावरण इन्जिनियरिङ्ग विभागका डा.विजय थापाले विद्यार्थी, शिक्षक, समुदाय र स्थानीय तहले पुरा गर्नु पर्ने जिम्मेवारी प्लास्टिक तथा प्लास्टिकजन्य सामाग्रीहरुको प्रयोग न्यूनिकरण एवं उचित ब्यवस्थापनका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । 
    कार्यक्रममा नगर प्रमुख शाक्यले वातावरणमैत्री ब्यववहार, पुर्वाधार निर्माण तथा नीति निर्माणमा ध्यान दिएको बताए । प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाई, संस्थाका सचिव बद्रिप्रसाद काफ्ले,  विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।