नाला/द्वारपालेश्वर साना किसान कृषि सहकारी संस्था लिमिटेडले सहकारीमा आबद्ध कोपिला शैक्षिक बालबचतकर्ताहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
संस्थाका अध्यक्ष रमेशजगं मंग्रातीले सहकारीले प्रत्येक वर्ष बाल सदस्यहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गर्दै आएको बताए । संस्थाले यो वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको मंग्रातीले बताए । संस्थाले बाल सदस्यहरु सगै सदस्यहरलाई कृषि सामाग्री समेत वितरण गरेको छ । ट्रयाक्टर, चापकट, स्प्रे पम्प लगाएत विभिन्न कृषि औजार सामग्री वितरण गरेको जनाएको छ । संस्थाले सदस्यहरुका लागी कृषि ब्यबसायीहरुलाई सहज रुपमा ऋण सुविधा, सामाजिक सुरक्षा राहतको ब्यबस्था, सुत्केरी भत्ता, कृषक उपचार खर्च, नर्सेने दिर्घ रोगका लागी, शैक्षिक सामाग्री वितरण, १ लाख सम्मको दुर्घटनमा विमा, मल, बीउ, विजन, पशुपन्छी र कृषि उपकरणहरमा अनुदान सहुलियत मुल्यमा वितरण, कृषि सम्बन्धी तालिम लगाएतका विभिन्न सेवा सुविधा प्रदान गर्दे आएको संस्थाका अध्यक्ष रमेशजगं मग्रातीले जनाकारी दिए । संस्थाको २०८१ बैशाख सम्मको कुल कारोबार ४ करोड भन्दा माथि रहेको जनाएको छ ।





