धुलिखेल/कृषि विकास कार्यालय काभ्रेले सिन्धुपाल्चोक र काभ्रेमा सयपत्री फुल खेति प्रविधी तथा उत्पादनोपरान्त ब्यवस्थापनका लागि दुई दिने तालिम सम्पन्न भएको छ । ब्यवसायीक खेतिका लागि अनुदान प्राप्तिका लागि छनौट भएका कृषकहरुका लागि अनुदान उपलब्ध गराउन सम्झौता गर्नु अघि उक्त तालिम उपलब्ध गराईएको कार्यालय प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए । ब्यवसायीक खेति, नियमित खेतीका लागि आवश्यक पर्ने पूर्वाधार सहितको ब्यवस्थापन, फुललाई लामो समय टिकाउने तथा किटाणु नष्ट गर्ने प्रविधी तथा ज्ञान, माला उन्ने र ब्यवसायीकताका लागि विविध पक्षहरुका सम्वन्धमा तालिम उपलब्ध गराईने कार्यालय प्रमुख दवाडीले बताए ।
कार्यक्रममा सहभागि कृषकहरुले ब्यवसायीक फुल खेतिका लागि आवश्यक पर्ने तालिम र त्यसका लागि प्राप्त हुने प्रविधीले सहज हुने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, कार्यालयका कृषि प्रसार अधिकृत विवेकानन्द महत, अमृता पौडेल लगायतले ब्यवसायीक खेतीका लागि तालिम आवश्यक रहेको बताएका थिए । तालिममा पुष्प विकास केन्द्र गोदावरीका बागवानी अधिकृत सुमन्त पोखरेल र पुष्पराज आचार्यले प्रशिक्षण दिएका थिए । धुलिखेल ३ मा सिलाई कटाई
धुलिखेल÷धुलिखेल नगरपालिका अन्र्तगत रहेको महिला परिषद्को सहयोग तथा वडा नम्वर ३ को आयोजनामा वडा नम्वर ३ का बेरोजगार १५ जना महिलाहरुलाई सिलाई कटाई सम्वन्धी ४५ दिने आधारभुत तालिम शुभारम्भ गरिएको छ ।
नगर प्रमुख अशोक ब्याञ्जुले तालिमको शुभारम्भ गर्दै महिला परिषद तथा अन्य परिषद्हरुबाट हरेक बेरोजगार नागरिकहरुलाई सिप उपलब्ध गराई आत्मनिर्भर बनाउने प्रयत्न गरिएको बताए । कार्यक्रममा वडा अध्यक्ष गणेश आचार्यले वडाका नागरिकहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम प्रारम्भ गरिएको बताए । सिप सिकेकाहरुलाई ब्यवसायीक जीवनमा सक्रिय रहन अनुरोध गरेका थिए । ४५ दिने तालिमका लागि प्रशिक्षक लजना तखाँक्षे श्रेष्ठले प्रशिक्षण दिने छिन् ।





