2026 April 28/ 02:33: 47am

    पनौती/इन्द्रेश्वर क्याम्पसको आयोजनामा र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा जेष्ठ १० देखि १२ गते सम्म स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुको Desertation Writing कार्यलाई सहजीकरण गर्ने र क्याम्पसमा अध्यापनरत प्राध्यापकहरुको वृत्तिविकासको उद्देश्य राखीMBs\ Dissertation and Article Writing विषयमा ३ दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । 
    त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन प्रा.डा.दिलिप पराजुली, सह–प्राध्यापक डा. प्रकास श्रेष्ठ, उपप्राध्यापक मछिन्द्र थापाले विषयवस्तु माथि गहन प्रशिक्षण दिनुभएको थियो । गोष्ठिमा जिल्लामा रहेका काभ्रे बहुमुखी क्याम्पस, तेजगंगा क्याम्पस, पार्वती बहुमुखी क्याम्पस, बेलर क्याम्पस, सञ्जीवनी क्याम्पस, धुलिखेल क्याम्पसहरुमा अध्यापन गर्ने प्राध्यापकको सहभागिता रहेको थियो ।
    क्याम्पस प्रमुख श्रीकुमार सुवालले कार्यक्रममाथि प्रकाश पार्नु भएको उक्त कार्यक्रममा प्रा.डा. दिलिप पराजुलीले शुभारम्भ गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तुयुकाजी ताम्राकार र सञ्चालन सहायक क्याम्पस प्रमुख जयराम कर्माचार्यले गर्नुभएको थियो । कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका कोषाध्यक्ष भिमसेन बस्नेत लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा सहभागी प्राध्यापकहरुले कार्यक्रम प्रभावकारी र उपलब्धीमूलक रहेको प्रतिक्रिया दिनुभएको थियो ।