2026 April 28/ 02:33: 46am

    बनेपा/पतंजलि योग समिती काभ्रे, महिला पतंजलि योग समिती काभ्रे र पतंजलि योग युवा नेपाल काभ्रेको आयोजनामा जेष्ठ १३ गते देखि १७ गते सम्मे वृहत निःशुल्क योग विज्ञान शिविर सञ्चालन भैईरहेको छ ।
    शिबिरको उद्घाटन बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यले गर्नु भएको थियो । प्रमुख अतिथी शाक्यले योग प्रत्येक मानिसलाई अनिवार्य भएको बताउनु भयो । शिविरमा केन्द्रिय महिला प्रभारी पुज्या साध्वी देवादितिबाट सहभागी योग साधक साधिकाहरुलाई योग दर्शन बारे प्रवचन  र योग अभ्यास गरिएको थियो । शिबिरमा पतंजलि योग समिती केन्द्रिय सदस्य हिरा अधिकारी, बनेपा नगरपालिका वडा नम्बर ५ का बलराम अधिकारी, वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्य, वडा नम्बर ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, वडा नम्बर ९ का का. वा. वडाध्यक्ष मनिषा तामाङ, वडा नम्बर १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का, बागमती प्रदेश पदाधिकारीहरु लगायत जिल्ला भरीका योग साधना केन्द्रका योग साधिकाहरु उपसिहभागिता रहेको । शिबिरको सभापतित्व पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकाश कायष्थले गर्नु भएको थियो भने स्वागत् मन्तव्य महिला पतंजली योग समिती काभ्रेका अध्यक्ष इन्दिरा तौजलेले गर्नु भएको थियो । शिविर उद्घाटन कार्यक्रम सञ्चालन महामन्त्री श्यामकुमार श्रेष्ठले गर्नु भएको थियो । 
    पाँच दिन सम्म संचालन हुने उक्त शिविरमा पहिलो र दास्रो दिन केन्द्रिय महिला प्रभारी पुज्या साध्वी देवादितिबाट संचालन भएको र तेस्रो, चौथो र पाँचौ दिन पतंजली योग समिति नोपालका केन्द्रिय सदस्य तथा बाग्मती प्रदेश प्रमुख ग्रुविन तौजलेले संचालन गर्नु भएको थियो । उक्त शिविरमा जिल्ला भरिबाट उल्लेखनिय उपस्थिति रहेको छ । शिविर पश्चात यहि जेष्ठ २१ गतेदेखि ३६ दिने सह योग शिक्षक प्रशिक्षण प्रारम्भ हुने कुराको जानकारी संचार प्रभारी मिलन भक्त श्रेष्ठले जानकारी दिनुभयो ।