2026 April 28/ 02:34: 51am

बनेपा/‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१मा समाबेश भएका कलाकृतिहरु मध्ये फोटोग्राफी विधामा बनेपाका रामगोपाल (गोपाल) बैद्य उत्कृष्ट  हुनु भएको छ । बैद्यलाई राष्ट्रिय ललितकला पुरस्कारबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा प्रतिष्ठानका संरक्षक हितबहादुर तामाङले पुरस्कृत गर्नु भएको छ ।
    गणतन्त्र दिवसका अवसरमा भएको राष्ट्रिय ललितकला प्रर्दशनी २०८१ मा बैद्यलाई नगद सहित सम्मान गरिएको थियो । प्रर्दशनी गणतन्त्र दिवसको दिन जेठ १५ गते नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा गरिएको थियो । ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ मङ्लवारबाट सुरु भएको छ । प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा प्रतिष्ठानका संरक्षक हितबहादुर तामाङले उद्घाटन गर्नुभएको थियो । प्रदर्शनीमा पुरस्कृत हुनुहुने सर्जक कलाकारहरू अझ सक्रियताका साथ कला सिर्जनामा लाग्न  तामाङले  आग्रह गर्नु भएको थियो ।
    प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाली ललितकलालाई स्थानीय तह, प्रदेश र केन्द्र हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म फैलाउनका लागि प्रतिष्ठानले काम गरिरहेको बताउनुभयो । प्रतिष्ठानका उपकुलपति एवं ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१  कार्यकारी समितिका संयोजक लालकाजी लामाले प्रतिष्ठानको स्थापना कालदेखि नै हुँदै आएको यस ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ को विशेष महत्त्व रहेको बताउनुभयो । 
    प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण ः ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर सम्पन्न गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८० मार्फत छानिएका कलाकृति समावेश गरेर यस वर्ष ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ गरेको हो ।