2026 April 28/ 02:33: 49am

बनेपा/बनेपाका समाजसेवी हरिभक्त भोछिभोयालाई स्व. छत्रबहादुर मुस्याजु स्मृति पुरस्कार २०८१ बाट सम्मानित गरिएको छ । स्व. छत्र बहादुर मुस्याजुको ८७ औं जन्मदिनको अवसरमा भोछिभोयालाई नगद रु २५ हजार नगद सहित सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष निर्मल मुस्याजुले बताउनु भयो । 
    सम्मान कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हिटलर शाक्यको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथी शाक्यले भोछिभोयाले बनेपामा रहेका विभिन्न सघं संस्थामा रहि सामाजिक कार्य गर्दै आउनु भएकोमा स्व. छत्रबहादुर स्मृतिबाट सम्मान गरिएकोमा धन्यबाद प्रदान गर्नु भएको थियो  । उक्त प्रतिष्ठानले समाजमा रहेका यस्ता ब्यक्तिहरुको सम्मान गरी थप हौसला बढाउनु पर्ने र स्व. छत्रबहादुर मुस्याजुको आत्माले शान्ति पाउने शाक्यले बताउनु भयो । 
    कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अधयक्ष बलराम अधिकारीले समाजसेवीलाई स्थानिय सरकार, विभिन्न संघ संस्थाले सम्मान गरेमात्र काम गर्न हौसला मिल्ले बताउनु भयो । हामीले पनि हरिभक्त भोछिभोया जस्ता ब्यक्तिहरुबाट धेरै कुरा सिक्नुपर्ने अधिकारीले बताउनु भयो । समाजसेवी भोछिभोया बनेपामा रहेका विभिन्न संघ–संस्थामा रहि समाजसेवा गर्दै आउनु भएको र बनेपा नगरपालिकाको बनेपा तारा पदकबाट समेत सम्मानित ब्यक्तित्वले विभिन्न क्षेत्रमा पु¥याउनु भएको महत्वपूर्ण योगदानको कदर गर्दै उक्त सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष निर्मल मुस्याजुले बताउनु भयो । 
    कार्यक्रममा उक्त, सम्मान–पत्र साजन मुस्याजुले बाचन गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सिर्मल मुस्याजुले गर्नु भएको थियो । कार्यक्रममा बलराम मुस्याजु, शम्भु मुस्याजु, चमनकृष्ण कायस्थ, किरण कायस्थ, निरण श्रेष्ठ, बिजय सिं मुस्याजु लगाएतका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्व. छत्र बहादुर मुस्याजु प्रतिष्ठानको बारेमा संगिना मुस्याजुले जनाकारी गराउनु भएको थियो ।