2026 April 28/ 02:13: 43am

         पनौती/विश्वविद्यालय अनुदान आयोगको सहयोग र तेजगंगा वहुमुखी क्याम्पस (आरएमसी) को आयोजनामा क्याम्पसका प्राध्यापक र रिसर्च गरिरहेका विद्यार्थीहरुका लागि तथ्यांक संकलन एवं विश्लेषण सम्बन्धी तालिम दिइएको छ । 
काठमाण्डौ विश्वविद्यालयका
Associate Prof. & school of Management sf Associate prof. Ea ASSOC. Dean डा. खगेन्द्र आचार्यको मुख्य प्रशिक्षण रहेको उक्त कार्यक्रममा Kusoed का सहायक प्राध्यापक डा. भरत प्रसाद न्यौपाने, Ku\ School of science का सहायक प्राध्यापक किरण कुमार श्रवेठ एवं Ku\ School of Management का सहायक प्राध्यापक नारायण निरौलाले उक्त विषयका विविध पक्षहरुमा सहभागीहरुलाई तालिम प्रदान गरेका थिए ।
तालिममा जिल्लाका विभिन्न ६ वटा क्याम्पसका ३० जना प्राध्यापक एवं विद्यार्थीहरु सहभागि थिए । कार्यक्रमको शुभारम्भ क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्कीले गरेकी थिईन् । क्याम्पस आरएमसी संयोजक एवं सहायक क्याम्पस प्रमुख मुक्ति नारायण काफ्लेको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन क्याम्पसका सहायक क्याम्पस प्रमुख भिमसेन केसीले गरेका थिए ।
कार्यक्रममा डा. राममणि सापकोटा, रमिता देउजाले यस प्रकारको कार्यक्रम पछिल्लो समयमा विकसित भएको रिसर्चसँग सम्बन्धित पठन पाठनको लागि अत्यन्तै फलदायी भएको बताए । कार्यक्रममा क्याम्पस संचालक समिति उपाध्यक्ष राजाराम सैंजु, सदस्य नारायण पाण्डे एवं क्याम्पस सभा सदस्य तथा डाइमण्ड हिल रिसोर्ट पनौतीका प्रोप्राईटर राजन थापाको समेत उपस्थिति रहेको थियो । तालिम गत जेठ ४, ५ र ६ गते सञ्चालन भएको थियो ।