धुलिखेल/सामाजिक जागरण मञ्च धुलिखेलले ‘हिजो, आज र भोलिको धुलिखेल’ नामक खुल्ला निवन्ध प्रतियोगिता आयोजना गरेको छ । ५ हजार शब्दमा नबढाई असार १५ भित्र पिडिएफ फाईल इमेल गरी पठाउनेहरु मध्येबाट प्रथम, दोश्रो र तेश्रो हुनेलाइ नगद पुरस्कार घोषणा गरेको छ । पुरस्कार प्राप्त नगर्ने निबन्धहरु पुस्तकका रुपमा प्रकाशन हुनेछन् ।
निवन्ध प्रतियोगिताका लागि कृष्णसुन्दर थापाको संयोजकत्वमा देवकृष्ण श्रेष्ठ, दयाराम महत, रामगोपाल घले र विदुर बस्नेतको समिति गठन भएको छ । बनेपामा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष पृथ्वी थापा, उपाध्यक्ष हरिगोपाल प्रधानाङ्ग, सचिव कमल राय लगायतको सहभागिता रहेको थियो । निवन्ध लेखन प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार, दोश्रो हुनेलाई ३५ हजार र तेश्रो हुनेलाई २१ हजार र सान्त्वना पुरस्कार प्राप्त गर्ने दुई जनालाई ५ हजार ५ सय असार २९ गते प्रदान गरिनेछ ।
प्रतियोगिताको उद्देश्य बौद्धिक बर्गहरुलाई एउटै थलो र विषयमा समावेश गरी खुल्ला प्रतियोगिता मार्फत निवन्ध लेखन आयोजना गरी जिल्लाको सदरमुकाम तथा पर्यटकीय नगरी धुलिखेल नगरपालिकाको विगत, वर्तमान र भविश्यको सेरोफेरोमा रही लेखहरु तयार गरी दस्तावेजका रुपमा तयार गर्ने रहेको छ । मानव समुदायमा जागरुकता र चेतनशीलमा जागरण ल्याई असल र उन्नत जीवनयापन गर्न सघाउ पु¥याउने संस्थाको उद्देश्य अनुरुप सरसफाई सम्वन्धी जनचेतनामुलक कार्यक्रमका साथै सरसफाई कार्यक्रम, बृक्षारोपण, स्वास्थ्य सम्वन्धी जनचेतना तथा स्वास्थ्य शिविरहरु संचालन, बाल क्लवहरुको गठन तथा संरक्षण, कम्प्युटर तालिम संचालन, अंग्रेजी भाषा तालिम संचालन, नगर स्तरीय भलिबल प्रतियोगिता लगायतका कार्यक्रमहरु गरिसकेको छ ।





