2026 April 28/ 02:15: 26am

पनौती/पनौती नगरपालिका वडा नम्बर ८ ले संस्कृति संरक्षण अभियान अन्तर्गत धिमेबाजा बजाउने तालिम सञ्चालन गरेको छ ।
गत  फागुन १० गतेदेखी सुरु गरिएको उक्त तालिममा २४ जना सहभागी थिए ।  प्रमाण पत्र वितरण कार्यक्रममा पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारी, उप–प्रमुख गिता बञ्जारा, संपदा संरक्षण विज्ञ रविन्द्र पुरी, विभिन्न वडाका वडा अध्यक्ष लगायत थानीयको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी  रामशरण भण्डारीले ऐतिहासिक नगरि पनौतीको पहिचानलाई निरन्तरता दिनको लागि पनि सस्कृति संरक्षण जरुरी रहेको बताए । विभिन्न जातजाति र भाषाभाषीका आ–आफ्नै मौलिक परम्परा रहेको भन्दै नगरप्रमुख भण्डारीले संस्कृति र संपदा नगरपालिकाको सम्पति भएको बताए । धार्मिक नगरीको रुपमा परिचित पनौतीमा चलिआएका परम्परालाई निरन्तरता दिन नगरपालिकाले जात्रापर्व लगायत हरेक क्रियाकलापमा सहयोग गर्दै आएको उनको भनाई छ ।
कार्यक्रममा उप–प्रमुख गिता बञ्जाराले विभिन्न रितिरिवाज, धार्मिक परम्परा भावी पुस्तालाई जानकारी गराउन आवश्यक रहेकोमा जोड दिइन  । कार्यक्रमका सभापति एवं पनौती नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बेदप्रसाद बञ्जाराले पुर्खाले हामीलाई सुम्पेको संम्पदा र संस्कृति भावी पुस्तालाई हस्तान्तरण गर्ने उदेश्यका साथ धिमेबाजा प्रशिक्षण आयोजना गरिएको बताए । कार्यक्रममा कार्यपालिका सदस्य चण्डिका परियार, वडा सदस्य शोभा कार्की, राजेन्द्र केसी, विश्वनाथ श्रेष्ठ, वडा सचिव राजकुमार श्रेष्ठ, बालमैत्री सहजकर्ता गीता थापा लगायतको उपस्थिती रहेको थियो ।