2026 April 28/ 02:20: 18am

    धुलिखेल/काभ्रेको पाँचखाल ४ जिरोकिलो स्थित मेलम्ची जाने सडक खण्डबाट ५० मिटर तल रुखमा बाँधेर जलाईएको अवस्थामा शव फेला परेका व्यक्तिको पहिचान खुलेको छ । उक्त शव दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ का ५४ वर्षिय विष्णुप्रसाद सुवेदीको रहेको अनुसन्धानबाट खुलेको छ । उनको जेठ१ गते शव मंगलबार नै प्रहरीले आफन्तलाई जिम्मा लगाएको छ । 
    उनी वैशाख २३ गते टिकाथलीबाट दोलखा हिँडेका पारिवारिक स्रोतले बताएको छ । २३ गते बसबाट पाँचखालमा ओर्लिएका सुवेदी त्यसैदिनदेखि बेपत्ता थिए । डिएनए परिक्षण पछि उनको शवको पहिचान भएको हो । वैशाख २८ गते ८ः३० बजेको समयमा पाँचखाल नगरपालिका ४ जिरोकिलो स्थित मेलम्चि जिरोकिलो सडक खण्डबाट अंन्दाजी ५० मिटर तल बिराजे खोल्सा जङ्गलमा शव फेला परेको थियो । मुख र छातिमा फलामको तारले रुखमा बाँधे आगो लगाएको अबस्थामा मृत लाश फेला परेको प्रहरीले जनाएको छ ।
    ललितपुर जिल्ला माहालक्ष्मी नगरपालिका ५ टिकाथलीबाट निस्किई सम्पर्कमा नरहेको २०८१ बैशाख २४ गते खोजतलास गरीदिन अनुरोध गरेका थिए । मृतकका छोरा ३० बर्षिय सुमन सुबेदीले अस्पतालको लाश गृहमा गई हेरी देखि उक्त लाशको मुखको माथिल्लो भागमा ३ वटा र तल्लो भागको दाँया पट्टी ४ वटा र बाँया पट्टी ५ वटा रहेको दाँत उक्त अस्पतालको रिपोर्टबाट नक्कली रहेको मृतकको छोरा सुमन सुबेदीले थाहा पाई दाँतको आधारमा मृतक लाश बुवाको भएकाले सनाखत गरी बुझेका थिए । प्रहरीले अनुसन्धान भईरहेको जानकारी दिएको छ ।