2026 April 28/ 12:52: 27am

         धुलिखेल/विभागीय टोली आर्मी क्लबले छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ । गत मंगलबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई ४९१ गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो ।
धुलिखेल खेल मैदानमा आर्मीलाई जित दिलाउन सरस्वती तामाङले दुई गोल गरिन् । सिमा खड्का र कमला चन्दले एक एक गोल गरिन् । उता गण्डकीका लागि सीता माया बलले एक गोल फर्काइन् । आर्मीका लागि खेलको चौथो मिनेटमा सरस्वतीले गोल गर्दै टिमलाई अग्रता दिलाइन । गण्डकीका लागि खेलको १६औं मिनेटमा सीताले गोल गर्दै टिमलाई बराबरीमा ल्याइन् । खेलको १८ औं मिनेटमा सरस्वतीले गोल गर्दै आर्मीलाई २९१ गोलको अग्रता दिलाइन् ।
          खेलको २४औं मिनेटमा कमलाले गोल गर्दै टिमलाई ३९१ गोलको अग्रता दिलाइन् । खेलको ५७औं मिनेटमा सिमाले गोल गर्दै आर्मीलाई उपाधि दिलाउन सफल भइन् । फाइनल खेलको प्लेअर अफ द म्याच कमला चन्द चुनिन् । उपाधिसँगै आर्मीले एक लाख रुपैयाँ प्राप्त गरेको छ । दोस्रो हुने गण्डकीले ७५ हजार प्राप्त गरेको छ ।
          तेस्रो स्थानका लागि भएको खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई १९० गोल अन्तरले हराउँदै तेस्रो स्थान हासिल ग¥यो । मधेस प्रदेशका लागि खेलको २७ औं मिनेटमा बबिता उराउले गोल गर्दै टिमलाई जित दिलाउन सफल भइन । 
त्यस्तै प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुले जनही १० हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा सर्वाधिक १० गोल गरेकी आर्मीकी सरस्वती बेस्ट स्कोरर हुन सफल भइन् । प्रतियोगिताका इमर्जिङ प्लेअर सुदूरपश्चिम प्रदेशकि नमिता एसके चुनिइन् । बेस्ट गोलकिपरमा गण्डकीकी गोमा परियार, बेस्ट डिफेन्डरमा आर्मीकी सरिता मेचे र आर्मीकै निलिमा पाण्डे प्लेअर अफ द टुर्नामेन्ट चुनिन् । प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहेको थियो ।