2026 April 28/ 12:52: 49am

              बनेपा/बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयको आर्थिक अनुदान र बनेपा नगरपालिका, पोर्टेज तथा पुनस्र्थापना संस्था नेपालको आयोजनामा विकासमा ढिलाई तथा अपाङ्गता भएका बालबालिकाहरुको लागि अभिमुखिकरण तथा सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । 
           कार्यक्रममा छिटो प्रतिरोधात्मक तथा समावेशी शिक्षा कार्यक्रमको आवश्यकता, कार्यान्वयको प्रक्रिया, फाईदाहरु लगायतकाबारे जानकारी र उद्देश्य सहित समावेशी शिक्षा, पोर्टेज छिटो प्रतिरोधात्मक कार्यक्रम कार्यान्वयन प्रकियाबारे अभिमुखीकरण दिईएको थियो । 
कार्यक्रमको शुभारम्भ बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले गरेका थिए । प्रमुख अतिथी चापागाईले सहजकर्ताहरूलाई बालबालिकाहरूलाई सिकाईमा मद्दत गर्न सामाग्रीहरू, अभिभावकहरूलाई शारीरिक समस्या भएका बालबालिकाहरूको लागी पोर्टेज संस्थाले बिगत लामो समय देखि समावेशी शिक्षा र छिटो प्रतिरोधात्मक प्रारम्भिक शिक्षा जस्तो अति महत्वपूर्ण र अति आबश्यक कार्यक्रम संचालन गर्दै आएकोमा धन्यवाद दिएका थिए । कार्यक्रममा  स्वागत मन्तब्य बनेपा नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका अधिकृत विजया सुवेदीले राखेकी थिईन् ।   
कार्यक्रमको औचित्य, आबश्यक्ता र उद्देश्यबारे संक्षिप्त जानकारी पोर्टेज संस्थाका निर्देशक मणिराज श्रेष्ठले राखेका थिए । यस्तै, घरमा आधारित छिटो प्रतिरोधात्मक प्रारम्भिक शिक्षा कार्यक्रमको आबश्यकता, कार्यान्वयन प्रकिया र फाईदाहरु लगायतका बिषयमा निर्देशक श्रेष्ठले प्रस्तुतिकरण तथा सहजीकरण गरेका थिए । 
           कार्यक्रम पोर्टेज संस्थाका उपाध्यक्ष श्रीकृष्ण घिमिरेको अध्यक्षतामा  सम्पन्न भएको थियो । कार्यक्रममा बनेपा नगरपालिकाको शिक्षा, महिला, बालबालिका, सामाजिक शाखा, स्वास्थ्य शाखा लगायतका कर्मचारीहरू, जनप्रतिनिधिहरू, शिक्षक, महिला स्वयम् सेवक÷सहजकर्ताहरू, अभिभावकहरूको सहभागिता  रहेको थियो । कार्यक्रममा समाहित शिक्षाको परिचय, आवश्यकता, कार्यान्वयन पक्ष तथा स्थानीय सरकारको दायित्व लगायतका विषयमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक गणेश प्रसाद पौडेलले प्रस्तुतिकरण तथा सहजिकरण गरेका थिए । 
            कार्यक्रममा विकासमा ढिलाई तथा अपाङ्गता भएका बालबालिकाहरुको लागि सामग्री हस्तान्तरण गरिएको थियो ।