पनौती/समाजसेवी, शिक्षासेवी तथा नाट्यकर्मी स्वर्गीय मच्छेनारायण कर्माचार्याको स्मृतिमा मच्छे क्लिनिक पनौतीले एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । उक्त स्वास्थ्य शिविरमा रगतको परिक्षण, एक्सरे, थेरापी लगायतका सेवा निःशुल्क उपलब्ध गराएको थियो । मुटुरोग, सामान्य चिकित्सा, बालरोग लगायतका डाक्टरहरुले स्वास्थ्य परिक्षण गरेका थिए भने आवश्यक औषधि पनि निःशुल्क उपलब्ध गराइएको थियो । शिविरमा करिब दुई सय पचास जनाले स्वास्थ्य परिक्षण गरेका मच्छे क्लिनिक पनौतीका प्रताप कर्माचार्यले बताए ।
स्वास्थ्य शिविरको समापन कार्यक्रममा सेवा प्रदान गर्ने डाक्टरहरु, स्वास्थ्य स्वयंसेवकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । शिविरको समापन गर्दै मच्छे क्लिनिक पनौतीका प्रोपाइटर प्रदीप कर्माचार्यले स्वर्गीय पिताको सम्झनामा उक्त कार्य गर्न पाउँदा खुशी लागेको बताएका थिए ।





