2026 April 28/ 12:52: 54am

उद्धब प्रसाद अधिकारी/पाँचखाल 
          आर्थिक बिकास मित्र बचत तथा ॠण सहकारी सस्था लिमिटेड पाँचखालको  आयोजनामा, नेपाल हृदय रोग प्रतिष्ठान, पाँचखालको समन्वय र धुलिखेल अस्पताल प्राविधिक सहयोगमा १ दिने निशुल्क मुटुरोग परिक्षण शिविर सम्पन्न भयो । 
            साकोसका स्वास्थ उपसमिती संयोजक बेला लामाको संयोजकत्वमा सम्पन्न कार्यक्रम मा १ सय ५० भन्दा बढी सदस्यहरू मुटु परिक्षण गरेका थिए । सहभागी १२१ जना सदस्यहरुले निशुल्क भ्ऋइ तथा ४३ जना सहभागिहरुले भ्ऋन् सुबिधा लिएको संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीले बताए । शिबिरमा सहभागी मध्ये ८ जना सदस्यहरुलाइ थप परिक्षण का लागि धुलिखेल अस्पताल रिफर गरिएको छ । 
संस्थाले स्वास्थय शिविर, रक्तदान जस्ता विभिन्न सामाजिक कार्यहरु गर्दे आएको संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीले बताए । संस्थाले ६० वर्ष पुगेका शेयर सदस्यहरूलाई तीर्थाटान, सदस्यहरूलाई बनभोज कार्यक्रममा सहभागि गराएर सुझाव संकलन गर्ने साथै संस्थाको अवस्थाको जानकारी गराउने‚ निःशुल््क स्वास्थ्य सेवा प्रदान गर्ने‚ मठ मन्दिरहरूमा सरसफाइ तथा फोहोर मैला व्यवस्थापन‚ विभिन्न पर्वहरूमा मठमन्दिरमा हुने मेलाहरूमा भक्तजनहरूलाई पिउने पानीको व्यवस्था लगायतका सामाजिक कार्यमा सहभागी हुदै आएको अध्यक्ष पराजुलीले बताए । संस्था पाँचखाल नगरापलिकाको नमुनाका रुपमा रहेको कार्यक्रमा बताईएको थियो ।