2026 April 28/ 01:04: 48am

    बनेपा/तरंगिनी फाउण्डेशनको आयोजनामा अन्तराष्ट्रिय श्रमिक दिवसको आयोजनामा श्रम ऐन २०७४ का बारेमा श्रमजिवी कृषक महिलाहरुसँग छलफल गरिएको छ । तरंगिनी फायण्डेशनकी निर्मला काफ्लेले श्रम ऐन र त्यसमा भएका ब्यवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिईन् । 
    जिफन्टका बागमती प्रदेश कमिटी अध्यक्ष रामहरी नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै नेपालले श्रम डेस्क स्थापनाका लागि स्थानीय तहहरुमा खवरदारी गर्नु पर्ने बताए । देशभरका श्रमिकहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागि गराउन, पेशा अनुसारको परिचय पत्र उपलब्ध गराउन, ब्यवसायीक स्वरोजगार महिलाहरुलाई श्रमिक महिलाहरुकै भूमिकामा सेवा उपलब्ध गराउन, बैदेशिक रोजगारमा गएका महिलाहरुको समस्या समाधानका लागि नीतिगत तथा कानूनी जटिलतामा समेत सहजिकरण गर्ने अभियानमा जिफन्टले निरन्तर कार्य गरेको अध्यक्ष नेपालले बताए । कार्यक्रममा गैसस महासंघकी गंगा दोङ लगायतले श्रमजिवी महिलाहरुले कृषक महिलाको परिचयपत्र पाउनु पर्ने बताएका थिए । कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका महिलाहरुको सहभागिता रहेको थियो ।