रवि/पुर्व जनप्रतिनिधि, एमाले नेता एवं वागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष स्व.टिकाबल्धव सापकोटाको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । सापकोटाको २०८१ वैशाख ६ गते निधन भएको थियो । उनको असामयिक निधनको १३ औं दिनको पुण्य तिथीमा नेकपा एमाले रवि वडा कमिटीले श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।
सापकोटा साविक रविओपी गाविस हाल धुलिखेल नगरपालिका वडा नम्बर २ का नेकपा एमालेका संस्थापक सचिव हुन । उनी नेकपा एमाले काभ्रे जिल्लाका पुर्व लेखा समिति अध्यक्ष र धुलिखेल नगरपालिका वडा नम्बर २ का पुर्व जनप्रतिनिधि समेत हुन् । उनी बागमती प्रदेश दुग्ध विकास बोर्डको कार्यकारी उपाध्यक्षको पनि जिम्मेवारी सम्हालेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी एमाले धुलिखेल नगरपालिका २ नं वडा कमिटीले रविमा श्रद्धाञ्जली सभा आयोजना गरेको हो । श्रद्धाञ्जली सभामा पुर्वमन्त्री एवं नेकपा एमालेका पोलिटव्युरो सदस्य गोकुल बास्कोटा, नेकपा एमाले काभ्रे जिल्ला कमिटी अध्यक्ष अशोक ब्याञ्जु, उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भुर्तेल, सहसचिव राजकुमार सापकोटा, एमाले नेता रिता ढकाल, सल्लाहकार परिषद सदस्य देवप्रसाद कोइराला, धुलिखेल नगर कमिटी अध्यक्ष दयाराम महत, वडा कमिटी अध्यक्ष विदुर कोइराला, वडा अध्यक्ष अर्जुन न्यौपाने लगायतका नेताहरुको उपस्थिती रहेको थियो । त्यस्तै श्रद्धाञ्जली सभामा विभिन्न तहका नेता तथा कार्यकर्ता, जनप्रतिनिधिहरु, पुर्व जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नेकपा माले हुँदै एमाले पार्टी निर्माण तथा संगठन विस्तारमा सापकोटाले काभ्रेपलाञ्चोक जिल्लामा पु¥याएको योगदानको सोहि अवसरमा चर्चा गरिएको थियो । सभामा सापकोटाका परिवारका सदस्यहरुको सहभागिता रहेको थियो । सभामा सापकोटाले समाज परिवर्तनका लागि सापकोटाले पुर्याउनुभएको योगदानको स्मरण गरिएको थियो । उनको मार्गदर्शनलाई अनुसरण गर्दै सपना साकार पार्न निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।





