2026 April 28/ 12:52: 53am

        बनेपा/ज्यासननी आमा समुह बनेपाको आयोजनामा तथा बनेपा नगरपालिकाको आर्थिक सहयोगमा झोल साबुन बनाउने तालिम सम्पन्न भएको छ । 
        तालिमको समापन बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटाले गरेकी थिईन् । सापकोटाले तालिममा सिकेका सिपलाई ब्यबहारमा उतारी आत्मनिर्भर बन्न आग्रह गरेकी थिईन् । तालिम लिने, प्रमाणपत्र सिरानीमा राख्ने नभई आतमनिर्भर बन्नका लागी नगरपालिकाले विभिन्न सिपमुलक तालिमहरु प्रदान गर्दे आएको सापकोटाले बताईन् । ज्यासननी आमा समुह विविध क्षेत्रमा सहभागी तथा अन्य कार्यक्रमका लागी नगरकै उत्कृष्ट समुह भएकाले ईच्छुक ब्यक्तिहरुलाई अन्य सिपमुलक तालिम प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेकी थिईन् । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भोला चापागाईले सामान उत्पादन गरी बजारका लागी समस्या परेमा नगरपालिका सगं समन्वय गर्न आग्रह गरेका थिए । नगरपालिकाले शुरु गरेको हाट बजारमा आफ्नो उत्पादन विक्रि गर्न आग्रह गरेका थिए ।

           कार्यक्रममा आमा समुहका सल्लाहकार विक्रम प्रजापति, सहभागिका तर्फ बाट कल्पना माझी लगाएतले मन्तब्य राखेका थिए । तालिममा ४९ जनाको सहभागिता रहेको थियो भने तालिम उपलब्धी मुलक रहेको सहभागिहरुले बताएका थिए । कार्यक्रमको सभापतित्व आमा समहुकी अध्यक्ष उमा प्रजापतिको सभापतित्वमा भएको थियो ।