बनेपा/श्रीकृष्ण प्रणामी मन्दिर बनेपाको २८ औं वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।
वार्षिकोउत्सवका अबसरमा श्रीमद् तारतमसागर पाठपारायण, कथा प्रवचन, भजनकीर्तन सहित विविध कार्यक्रमहरु आयोजना गरिने श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल इकाई समिति बनेपाका अध्यक्ष हरि प्रसाद पराजुलिले जनाकारी दिए । उक्त अवसरमा बैशाख १५ देखी १९ गते सम्म पं. घनश्याम अधिकारी र पुरुषोत्तम खतिवडाले कथावाचन गर्ने छन् भने हरेक दिन सेवा पुजा, प्रवचन, गौरी आरती र भजन किर्तन हुने जनाएको छ । वार्षिकोउत्सबको सुरुवात बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटाले गरेकी थिईन् । सापकोटाले सबै धर्म समान रहेकाले सबैले मान्ने धर्मलाई समान रुपमा हेर्नु पर्ने बताईन् ।
आ–आफ्ना धर्मको आ–आफ्नै महत्व, सँस्कृति हुने भएकाले कसैले पनि अरुको धर्मप्रति निन्दा गर्न नहुने सापकोटाको भनाई रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य बनेपा इकाई समितिका उपाध्यक्ष प्रकाश अधिकारीले राखेका थिए भने शुभकामना मन्तब्य श्रीकृष्ण प्रणामी जिल्ला समितिका उपाध्यक्ष बद्री प्रसाद फुँयाल लगायतले राखेका थिए ।
कार्यक्रममा पूर्व सञ्चारमन्त्री तथा प्रतिनिधि सभा सांसद् गोकुल बास्कोटा, बागमती प्रदेश सांसद् कञ्चन चन्द्र वादे, नगर प्रमुख शान्तिरत्न शाक्य लगायतको उपस्थिती रहने जनाईएको छ । कार्यक्रमको सभापतित्व बनेपा इकाई समितिका अध्यक्ष हरि प्रसाद पराजुलीले गरेका थिए भने सञ्चालन उद्धब प्रसाद तिमल्सिनाले गरेका थिए ।





