2026 April 28/ 01:04: 52am

    बनेपा/आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थामा आबद्ध १ सय ९१ ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । २०७४ साल देखि संस्थाले ७० वर्ष नाघेका ज्येष्ठ सदस्यहरुलाई सम्मान गर्दै आएको छ । सम्मान हुनेहरु मध्ये अकिलबहादुर शाहीलाई उत्कृष्ट बचत गर्ने ज्येष्ठ सदस्यका रुपमा सम्मान गरिएको छ । 
    बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले ज्येष्ठ सदस्यहरुलाई सम्मान गर्दै सहकारीको उत्कृष्ट कार्यको प्रसंशा गरे । बनेपामा भएका केही सहकारीको खराब आचरण तथा कार्यशैलीले राम्रो सेवा प्रदान गरेका सहकारीहरुलाई समेत असर पु¥याएको बताउँदै नगर प्रमुख शाक्यले सहकारीमा शुसासन कायम गर्न सके सदस्यहरुको आर्थिक समृद्धी हुने बताए । अध्यक्ष दिनेशराज कायस्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार तथा नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्य, बनेपा नगरपालिकाका वडा अध्यक्षहरु, जिल्ला सहकारी संघका अध्यक्ष दिलीप शर्मा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारीका अध्यक्ष उदयराम कायश्थ, संस्थाका उपाध्यक्ष ग्रुवेन तौजले, प्रकाश कायश्थ लगायतले आभाष सहकारीले जानकारी दिएको सेवाका बारेमा जानकारी गराएका थिए । 
    ज्येष्ठ सदस्यहरुलाई थर्मस, हटकेस र कप उपहार प्रदान गरिएको थियो । ज्येष्ठ सदस्यहरु उपहार प्राप्त गरे सँगै खुशी भएका छन् । २०७४ साल देखि संस्थाले निरन्तर ज्येष्ठ सदस्यहरुलाई सम्मान गर्दै आएको छ । यो वर्ष बनेपा शाखाबाट १ सय ६३ जना, पनौती सेवा केन्द्रबाट १४ र भकुण्डे सेवा केन्द्रबाट १४ जना गरी १ सय ६३ जना सम्मानीत भएका हुन् । संस्थाले हरेक वर्ष बैशाख महिनामा सदस्यहरुको पहिलो सन्तान छोरी जन्मने सम्मान गर्दै आएको छ । विविध सम्मान, सिपमुलक तालिम तथा सामाजिक सचेतनामुलक कार्यक्रम गर्दै आएको प्रमुख कार्यकारी अधिकृत सुवास बैद्यले जानकारी दिए ।