बनेपा/बागमती प्रदेश सरकारले काभ्रेपलाञ्चोक जिल्लामा राख्ने निर्णय गरेको यातायात ब्यवस्था कार्यालय स्थापना गर्ने निर्णय अनुसार बनेपा नगरपालिकामा कार्यालय राख्ने तयारी गरिएको छ ।
बनेपा नगरपालिकाले उक्त कार्यालयका लागि बनेपा ६ बुडोल चोक नजिकै रहेको सपिङ्ग कम्प्लेक्समा राख्ने तयारी स्वरुप आवश्यक तयारी गरेको छ । उक्त भवन खाली रहेकाले भवनको सदुपयोग तथा नागरिकहरुको सहजताका लागि उक्त स्थानमा कार्यालय राख्न दिने तयारी गरेको नगरपालिकाले जानकारी दिएको छ । सोहि प्रयोजनका लागि नगरपालिकाले शुक्रबार बागमती प्रदेश सरकार र बनेपा नगरपालिका बीच सम्झौता भएको छ ।





