2026 April 28/ 12:25: 53am

मेथिन्कोट/नमोबुद्ध नगरपालिका वडा नम्वर ४ काफल्ेथोक निवासी १२ बर्षीय बालक प्रशान्त मैनालीको किम्बु खाँदा भएको अत्याधिक वान्ताका कारण ज्यान गएको छ । मेथिन्कोट अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ । 
    गणेशप्रसाद मैनालीका छोरा प्रशान्तले मंगलबार जनक माध्यमिक विद्यालयमा अध्ययन गरेर घर फर्कने क्रममा बाटोमा रहेको किम्बु खाएका थिए । किम्बु खाँदै घर गएका प्रशान्तलाई राति अत्याधिक वान्ता भयो । तत्कालै घर नजिकै रहेको मेथिन्कोट अस्पतालमा उपचारका लागि गणेशप्रसाद मैनालीको परिवारले ल्यायो । अस्पतालले निरन्तर ३ घण्टा उपचार गरे पछि बालक प्रशान्तले वान्ता गर्न कम गरेका थिए । राति १२ बजे उनको अवस्थामा सुधार भए पछि वार्डमा भर्ना गरिएको थियो । विहान ४ बजेबाट उनले पुनः वान्ता गरे पछि अस्पतालले थप उपचार गरेको थियो । चिकित्सकका अनुसार वान्ताका कारण उनको फोक्सोमा देखिएको समस्या समाधान गर्न नपाउँदै ज्यान गएको हो । 
    प्रहरी चौकी भकुण्डेले घटनाका बारेमा जानकारी गराउँदै बालकको शव परिक्षणका लागि धुलिखेल पठाएको थियो । हिजो नै बालकको शव परिक्षण सकेर आफन्तले बुझि लगेका छन् । चिकित्सकहरुले निरन्तरको बायुमा आएको प्रर्दुषित वातावरण र किम्बु लगायतका फलहरु नपखाली सिधै खाँदा त्यसमा हुने विषादी सहितका किराका कारण फुड पोईजन हुने र हरेक ब्यक्तिलाई वान्ता हुँदा ज्यान समेत जाने भएकाले त्यस्ता बस्तुहरु सिधै नखान अनुरोध गरेको छ । अहिले ग्रामिण भेगमा किम्बु खाने समय भएकाले सचेत रहन चिकित्सकहरुले अनुरोध गरेका छन् ।