2026 April 28/ 12:25: 54am

धुलिखेल/धुलिखेल नगरपालिका वडा. नं ७ अड्डा बजारमा मासु र दुध तथा दुधजन्य पदार्थको पसल संचालन गर्दै आएका ४२ बर्षिय राजकुमार न्यौपाने युवा व्यवसायी धलिखेल नगरपालिकाको वडा नं ७ को जंगलमा मृत अवस्था फेला परेका छन् । 
धलिखेल नगरपालिका वडा नम्वर ८ स्थायी घर भएका न्यौयाने मृत अवस्थामा फेला परेको प्रहरीले पुष्टि गरेका छ । धुलिखेल नगरपालिका बाँसघारी स्थित आफ्नै निवासबाट भक्तपुर जान्छु भन्दै २०८१ बैशाख २ गते घरबाट निस्किएर नफर्किएको भन्दै परिवार र आफन्तले खोजीकार्य गरिरहेका थिए । बैशाख ७ गते शुक्रबार विहान पाँच दिन पछि धुलिखेलको वीपी राजमार्ग बेईजिङप्लान्ट माथीको जंगलको खोल्सीमा मृत अवस्थामा न्यौपाने फेला परेका थिए । उनको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले मृतक न्यौपानेको साथबाट १ सय ६५ रुपैंया र मोबाईल फेला पारेको छ । झण्डै एक बर्ष देखि न्यौपाने धुलिखेल नगरपालिकाको बाँसघारीमा नयाँ घर खरिद गरि परिवार सहित बस्दै आएका थिए । एक श्रीमती र एक छोरा छन् । पछिल्लो समय व्यवसायमा भएको खराब ऋण तथा अन्य कारण न्यौपाने नैराश्य रहेको परिवारले जानकारी दिएका छन् ।