2026 April 28/ 12:25: 54am

    धुलिखेल/एल्सराईन जापान÷चौतारी जापान र धुलिखेल नगरपालिकाको आर्थिक सहयोगमा लवग्रीन नेपाल र विद्यालय ब्यवस्थापन समितिद्वारा निर्मित करथरी माध्यमिक विद्यालय र बालज्योती आधारभुत विद्यालय शारदा बतासेमा पुस्तकालय निर्माण गरी हस्तान्तरण गरिएको छ । 
    उक्त संस्थाले १२ वर्ष अघि करथरी माध्यमिक विद्यालयको भवन निर्माणमा समेत सहयोग गरेको थियो । नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा एल्सराईन जापान÷चौतारी जापानका प्रतिनिधीहरु सहभागि थिए । नगर प्रमुख ब्याञ्जुले विद्यालयहरुमा सहयोग पु¥याएकोमा धन्यवाद दिदै आगामी दिनमा पनि शैक्षिक तथा अन्य गतिविधीमा समेत सहयोगका लागि अनुरोध गरे । विद्यालयको पूर्वाधार सँगै शैक्षिक गुणस्तरका लागि ध्यान नगरपालिकाले विशेष कार्यक्रम शुरु गरेको बताउँदै नगर प्रमुख ब्याञ्जुले पुस्तकालय मार्फत विद्यार्थीहरुको अध्ययनमा सहयोग पुग्ने बताए । कार्यक्रममा विद्यालय शिक्षक, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, जनप्रतिनिधीहरु, लवग्रीन नेपालका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । विद्यालय निर्माणमा सहयोग पु¥याएकोमा स्थानीयहरुले प्रतिनिधीहरुलाई भब्य स्वागत गरेका थिए ।