2026 April 28/ 12:26: 11am

    बनेपा/आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक उत्सवको अवसरमा मण्डनदेउपुर नगरपालिका वडा नंम्बर ११ जैसिथोकमा सदस्य शिक्षा कार्यक्रम तथा शेयर सदस्यहरुलाई बिउ बिजन बितरण गरिएको छ । 
    मन्डनदेउपुर ११ का वडा अध्यक्ष दिपेन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष लामाले सहकारीहरुले सदस्यहरुको आर्थिक स्तर सुधारका कार्यक्रमहरु ल्याउनु पर्ने बताए । सहकारीले सदस्यमुखी कार्यक्रम गर्नु पर्नेमा लामाले जोड दिए । संस्थाले वार्षिक उत्सवको अवसर पारेर विभिन्न कार्यक्रमहरुको आयोजना गरेको संस्थाका सचिब डम्बर लम्सालले जानकारी दिए । कार्यक्रममा बागमती प्रोस्कूनका कार्यक्रम अधिकृत नवराज घोरसाइने, संस्थाका उपध्यक्ष रसीला थापा, सचिब डम्बरबहादुर लाम्साल, कोषाध्यक्ष सुनील चौलागाई, संचालक सदस्य बद्रीप्रसाद पराजुली, लेखा समिति सदस्य विष्णु नराल, सह प्रबन्धक सुन्दर गौतम र कर्मचारीहरुको उपस्थिति रहेको थियो । संस्थाले विभिन्न समयमा स्वास्थ्य शिविर, रक्तदान जस्ता सामाजिक कार्यहरु गर्दै आएको छ ।