2026 April 23/ 03:20: 37pm

सिटि स्क्यान मेशिन सहित  सञ्चालनमा 
बनेपा/काभ्रेमा प्राईभेट सेक्टर अन्र्तगत पहिलेपटक सम्पूर्ण सुविधा सहित बनेपामा सिर ईमेजिङ्ग एण्ड डाइग्नोष्टिक सेन्टर अस्पालत सञ्चालनमा आएको छ । अस्पतालमा सिटि स्क्यान, भिडियोएक्सरे, एक्सरे, ई सिजी, ल्याब लगाएतका सम्पुर्ण सेवाहरु रहेको बताएको छ । बनेपामा सुविधा सम्पन्न अस्पताल नभएका कारण उक्त अस्पताल सञ्चालनमा आएको हो, यसअघि धुलिखेल अस्पतालमा मात्र सिटि स्क्यान रहेको हुदाँ विरामीहरु काठमाडौ जानुपर्ने बाध्यता रहेको थियो । बिरामीहरुले अब काठमाडौ जानुपर्ने बाध्यता उक्त अस्पताल सञ्चालन आएपछि हट्ने विश्वास लिईएको छ ।