2026 April 23/ 03:20: 44pm

    धुलिखेल/उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत कृषिमा बैदेशिक लगानी खुल्ला गर्न नहुने भन्दै राष्ट्रिय कृष समुह नेपाल काभ्रेपलाञ्चोकले ज्ञापन पत्र बुझाएको छ । 
    अध्यक्ष उद्धव केसीको नेतृत्वमा कृषकहरुको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल मार्फत ज्ञापन पत्र बुझाएको हो । शुक्रबार बुझाईएको ज्ञापनपत्रमा विदेशी लगानी तथा हस्तान्तरण ऐन २०७५ मा विदेशी लगानी निषेध गर्ने ब्यवस्था भए पनि मन्त्री परिषदुले ७५ प्रतिशत निर्यात गर्ने शर्त राखी कृषिमा प्रत्यक्ष बैदेशिक लगानी खुल्ला गर्ने निर्णयले नेपाली भूमिहिन, सिमान्त, कृषि, श्रमिक, महिला र साना किसानहरुलाई समस्या पर्ने निश्कर्ष निकालिएको थियो । विदेशी लगानी ल्याउँदा नेपाली साधन श्रोतमा उनिहरुको पहुँच, स्वामित्व र नियन्त्रण स्थापित गराएर नाफा कमाउन बाहेक उनिहरुको अर्काे उदेश्य नभएको भन्दै तत्काल उक्त निर्णय सच्याउन माग गरिएको अध्यक्ष हुमागाईले बताउनु भयो ।