बनेपा/युवा गायक तथा सर्जक सिन्धुपाल्चोकका सन्तोष गिरी ‘चुरोट सल्काउने सलाई’ बोल को गित बजारमा ल्याएका छन् ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ९ ज्यामिरेमा जन्म लिनु भएका पिता छत्र बहादुर गिरी र माता मसिनी गिरीको कोखबाट जन्म लिएका सन्तोष गिरी परदेशमा रहेर सिन्धु गोल्मास्थान अनलाईन संचालनबाट छोटो समयमै नेपाली गीत संगीत क्षेत्रमा शब्द सर्जकको रूपमा चिनिदै आउनु भएको छ ।
केही अनलाइन रोधीमा गित गाउँदा गाउदै केही मौलिक गितहरुमा, भावीको लेखान्त, तिम्रै लागि हाजिर छ मेरो ज्यान, थिए खुशी तिम्लाई भेटेर, आदि गीतहरुमा आफ्नै शब्द रचना गर्नु भएको छ भने बाँस नुगेर भुइ छोयो, बजाइदेउ मादलु ,आफ्नै स्वरमै सजियका गितहरु पनि सामाजिक संजाल युटुबहरुमा निकाल्न सफल हुनुभयको छ । सर्जक र गायक गिरि प्रदेशमा रहेता पनि सिन्धुपाल्चोकबाट आफ्नो राम्रो काम देखाएर धेरै दर्शकको प्यारो बन्न सफल गिरी भन्नुहुन्छ– ‘म गित संगीत बिना बाँच्नै सक्दिन किन कि हिजो केही न बुझ्दा त सिन्धु गोल्मास्थान अनलाई संचालन गर्ने आँट गरे अब त केही सिकेको छु र सिक्दै पनि छु ।’ पछिल्लो समयमा गायकको क्षेत्रमा पनि आफ्नो जिल्ला र गाउँ ठाउँ साथै गिरी परिवारको नाम चम्काउने दौडमा रहेको देख्न सकिन्छ ।
औपचारिक रुपमा, बजाइदेउ मादलु, बोलको गितबाट धेरै सामाजिक संजाल मार्फत प्रसंशा पाएको छ शब्द रचनामा गायन क्षेत्रमा उहाँले प्रवेश गरेको र ब्यवसायीक रुपमा प्रदेशमा मजदुरी गर्दै आएता पनि अहिले चुरोट सल्कने सलाई सर्वाधिक बजारमा आउने तयारीमा छ जस गीतमा शब्द रचना महेश नेपालको छ भने लयमा कृष्ण दाहालले सहयोग गर्नु भएको छ भने चुरोट सल्कने सलाईलाई स्वरमा सन्तोष गिरीलाई अग्रज सबैको प्यारी गायिका गिता देवीले भरपुर साथ दिनु भएको छ यसैगरी गीतमा सुमधुर बनाउन एरेन्ज बिष्णु तामाङले र शंखरा रेकर्डिङ स्टुडियोले साथ दिएको सन्तोष गिरीले बताउनु भएको छ । बजाइदेउ मादलु गीतको अडियो भिडियोजो दर्शकले समय अनुसार बजारमा पनि राम्रै प्रतिक्रिया आएको बताएको छ ।
हाल बजारमा गिरीको रचनामा र स्वरमा सजिएका धेरै लोकदोहोरी गीतहरु हरेक युटुब मार्फत प्रकाशन गरेको छ । गिरीले पछिल्लो समयमा धरै दर्शकहरुको नजरमा बस्न सफल भै चुरोट सल्कने सलाईलाई पनि उत्कृष्ट रुपमा बजारमा उतार्दै हुनुहुन्छ ।









