शारदाबतासे, धुलिखेल/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धुलिखेल नगर कमिटी वडा नम्वर १० को वडा भेला तथा प्रशिक्षण कार्यक्रम संयोजक खेमराज शाहको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा नेकपा काभ्रेका अध्यक्ष एवं केन्द्रिय सदस्य अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य रेशम लामा लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी केन्द्रिय सदस्य एव धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले सरकारलाई हरेक क्षेत्रमा असफल बनाउन, पार्टी तथा सरकारका कामहरुलाई अवरोध पु¥याउँदै नेपाली जनताको सुखी नेपाली र समृद्ध नेपालको सपना पुरा गर्न नदिन पार्टी भित्रबाट र बाहिरबाट भएका अवरोध पन्छाउँदै ताजा जनादेशमा जान संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम ठिक भएको बताउनु भयो । कार्यकर्ताहरुलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णय सहि भएकाले उहाँले देख्नु भएको सपना साकार पार्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेकपा केन्द्रिय सदस्य एवं पुर्व राज्य मन्त्री रेशम लामाले मुलुकको राष्ट्रियताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सहि भएकाले समग्र मुलुक उहाँको सपना साकार पार्न आगामी निर्वाचनमा उहाँले नेतृत्व गरेको पार्टीलाई दुई तिहाई मत दिई विजयी बनाउनु पर्ने बताउनु भयो । कार्यक्रममा भूमी सम्वन्धी समाधान आयोगका अध्यक्ष एवं नेकपा नेता रामकृष्ण हुमागाईले घोषणापत्रमा उल्लेख भएका सबै प्रतिवद्धता पुरा गर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा नेता दयराम महतले पार्टीका सबै कमिटीहरु कृयाशिल बनाउँदै नेपाली जनताले देखेको सपना साकार बनाउनु पर्ने बताउनु भयो । वडा अध्यक्ष पुष्प राउतले जनतासँग निर्वाचनको बेला गरेका सबै बाचा पुरा गर्ने बताउनु भयो । वडा अध्यक्ष बसन्त रानाभाटले नेकपामा ओली नेतृत्वले गरेका कार्यहरु सहि भएको बताउनु भएको थियो । वडा सदस्यहरु, नेकपाका जिल्ला सदस्यहरु तथा संगठित सदस्यहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।









