2026 April 23/ 03:17: 47pm

ढुंखर्क/बनेपामा केन्द्रिय कार्यालय रहि विभिन्न ठाउँबाट सेवा प्रवाह गरिरहेको मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को सम्पर्क कार्यालय बेथानचोक गा.पा. को ढुंखर्कमा सुरुवात गरेको छ ।
 सम्पर्क कार्यालय उद्घाटन पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य शिव प्रसाद हुमागाँईले गर्नु भएको थियो । कार्यक्रममा हुमागाँईले जिल्लाको पुरानो तथा भरपर्दो सहकारीको रुपमा चिनिएको मनकामनाले ग्रामिण कृषकको उत्थान हुने कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नु भएको थियो । साकोसले अधिकतम रुपमा कृषकको हित हुने तथा सहुलियत रुपमा कारोवार गर्न सकिने वातावरण बनाउन र स्थानिय सरकारसँग समन्वय गरी कृषकको सुविधा हुने कृषि पशुपालन तथा व्यवसायिक क्षेत्रमा लगानी बढाउन हुमागाईले आग्रह गर्नु भएको थियो । कार्यक्रममा बेथानचोक गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिना, उपाध्यक्ष सरिता लागिमछाने, संस्थाका अध्यक्ष बालकृष्ण दाहाल तथा संस्थाका सल्लाहकार तथा भेटेरीनरी अधिकृत राजकुमार हुमागाँई, संस्थाका लेखा संयोजक मोट प्रसाद सापकोटा, बेथानचोक गाउँपालिकाका ६ वटै वडाका वडाध्यक्षहरु, स्थानिय विधालय, स्वास्थ्य चौकी, प्रहरी चौकी, सहकारीका प्रतिनिधिहरुका सहभागिता रहेको थियो । कार्यक्रम सम्पर्क कार्यालय संयोजक गोपाल प्रसाद तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो ।