नगरकोट/नाल्दुम नगरकोट जेसिजका पदाधिकारीहरुको पदस्थापन भएको छ । नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले देशभर रहेका शाखाहरुलाई समान रुपमा अवसर तथा कार्यक्रम प्रदान गर्ने गरि योजना कार्यान्वयनमा जाने बताए ।
सातौं पदस्थापन तथा सम्मान कार्यक्रममा निवर्तमान अध्यक्ष सजना कर्माचार्यले वर्ष २०२० लाई सफलतापूर्वक संचालन गर्न सहयोग पु¥याउनेलाई आभार व्यक्त गरेकी थिईन् । कार्यक्रममा संस्थापक अध्यक्ष राजकुमार मल्ललाई विशेष सम्मान गरिएको छ । अध्यक्ष आशादेवान श्रेष्ठले आफ्नो संस्थालाई नेपालकै नमुना संस्थाको रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।









