2026 April 23/ 03:17: 16pm

 बनेपा/नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यहि माघ १७ गते शनिबार ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएको छ । उक्त दिन सुजुकीका चारपांग्रेको खरिद गर्ने ग्राहकले विशेष अफर पाउनुहुने जनाएको छ । 
काभ्रेको आधिकारीक विक्रेता चण्डेश्वरी अटोमार्ट बनेपाले समेत ‘सुपर स्याटरडे’ मा ग्राहकले नियमित सोरुम छुटभन्दा बढी नगद छुट पाउने शोरुमका प्रोपाईटर विमल सोनामले बताउनु भयो ।  ग्राहकहरुलाई  उक्त दिन अधिकतम दुई लाख रुपैयाँसम्म नगद छुट र एक लाखसम्मको  सुपर स्याटरडे नगद छुटका साथै,ेनिःशुल्क स्वामित्व हस्तान्तरणको सुविधा उपलब्ध गराईएको छ  । यो अफर माघ १७ गते शनिबार एक दिनका लागि मात्र देशभरका सबै ३८ वटा डिलरसिपमा लागू हुनेछ ।
नेपालमा सुजुकी गाडीको सबैभन्दा ठूलो ‘प्रडक्ट रेन्ज’ रहेको छ । हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स्, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको विक्री गर्दै आएको छ । काभ्रेका सुजुकि गाडीका ग्राहाकहरुका लागी लामो समयदेखी चण्डेश्वरी अटोमार्टले बनेपाको तिनदोबाटोमा सेवा तथा सर्भिस दिईरहेको छ ।