धुलिखेल, शंखु/धुलिखेल नगरपालिका वडा नम्वर १२ मा संचालित पाटीचौर साना किसान कृषि सहकारी संस्था लिमिटेड र सोही वडामा अवस्थित गौरीशंकर बहुउद्देस्यीय सहकारी संस्था बिच २०७७ साल माघ १० गते संयुक्त साधारण सभा सम्पन्न भएको छ ।
धुलिखेल नगरपालिका वडा नम्वर १० र १२ पनौती नगरपालिका वडा नम्वर ९ र १० नमोबुद्ध नगरपालिका वडा नम्वर ११ कार्य क्षेत्र रहेको उक्त सस्थाको नाम गौरीशंकर साना किसान कृषि सहकारी संस्था लिमिटेड राखी सर्वसम्मत अनुमोदन गरिएको छ । एकिकृत संस्थाको अध्यक्षमा सिताराम भट्टराईको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति र तीन सदस्यीय लेखा समिति निर्विरोध सर्वसम्मत चयन भएका छन् । संस्थाको कुल पुँजी ११ करोड भएको छ । कृषक सदस्यहरुलाइ ब्यवसायिकता तर्फ अगाडि बडाउन र आर्थिक स्थिती कमजोर हुने सदस्यहरुलाई ब्याज अनुदाबाट प्राप्त हुने सुबिधा प्रदान गरि नेपाल सरकारको अनुदान प्याकेज र साना किसान लघुवित्त बैंकबाट आउने सुविधाहरु कृषकहरुको घरदैलोमा उपलब्ध गराउने निर्णय सभाले गरेको अध्यक्ष भट्टराईले जानकारी दिनु भयो ।









