2026 April 23/ 03:17: 09pm

    बनेपा/नेकपा काभ्रे निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) काभ्रेले युनियनमा आबद्ध मजदुरहरुको भेला सम्पन्न गरेको छ । नेकपा केन्द्रिय सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिफन्टका केन्द्रिय अध्यक्ष विनोद श्रेष्ठ, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, मजदुर फाँट इन्चार्ज एवं जिल्ला सदस्य केशवमणी पौडेल लगायतले मजदुरहरुको पक्षमा सरकारले गरेका कामका बारेमा जानकारी गराएका थिए । 
    इन्चार्ज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै नेकपा नेता गोकुल बास्कोटाले नेपाल सरकारले सामाजिक सुरक्षा कोष मार्फत देशभरका मजदुरहरुको हितमा काम गरेको बताउनु भयो । राष्ट्रियताको सवालमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनु भएको साहसिक कदमको सर्मथन गर्दै मजदुरहरुको हितमा काम गरिरहेको सरकारको पक्षमा दृढतापूर्वक लाग्न अनुरोध गर्नु भयो । जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले इतिहासमै पहिलो पटक केपी ओली नेतृत्वको सरकारले मजदुरहरुको पक्षमा काम गरेको भन्दै सरकारलाई धन्यवाद दिनु भयो । कार्यक्रममा प्रदेश सभा सदस्य सिता लामा, बनेपा जिफन्ट अध्यक्ष कृष्ण मानन्धर, पनौती जिफन्ट अध्यक्ष विदुर खत्री, मण्डनदेउपुर जिफन्ट अध्यक्ष हरिचन्द्र भण्डारी, क्युपेक जिल्ला अध्यक्ष बलबहादुर लो, बनेपा नगरपालिका वडा नम्वर १० का अध्यक्ष चन्द्रबहादुर खड्का, हिमाल ग्याँस युनियनका अध्यक्ष लेखनाथ न्यौपाने, समग्र ट्रेड युनियन क्युरेक्सका प्रतिनिधि शान्ति कार्की लगायतले समग्र मजदुरहरुको हितमा सरकारले काम गरिरहेको बताउनु भयो ।
    मजदुर नेता मोहन गजुरेलको संचालनमा सम्पन्न कार्यक्रममा शान्ति कार्कीले स्वागत मन्तब्य राख्नु भएको थियो । बनेपा नगरपालिका वडा नम्वर १० को वडा कार्यालयमा सम्पन्न कार्यक्रममा २ सय भन्दा धेरै मजदुरको सहभागिता रहेको थियो ।