बनेपा/२०७८ साल भित्र सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र घोषणा गर्ने अभियान स्वरुप मानव सेवा आश्रमले शुरु गरेको मेचि महाकाली अभियान काभ्रे जिल्लामा शुक्रबार आईपुगेको छ । अभियानका अभियन्ताहरुलाई जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी लगायत बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठ लगायतका स्थानीय जनप्रतिनिधि, कर्मचारी र सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले स्वागत गरेका थिए ।
मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले सेवा आश्रम मार्फत ७ प्रदेशका १५ जिल्लाका २२ वटा केन्द्रमा १ हजार ६ सय ब्यक्तिहरु रहेको बताउनु भयो । अधिकांश ब्यक्तिहरु मनोसामाजिक समस्याबाट पीडित रहेका छन् भने केहि जेष्ठ नागरिक र बालबालिका रहेका छन् । मकवानपुर जिल्लाबाट शुरु भएको सडक मानवमुक्त अभियान गोरखा नगरपालिका, भरतपुर महानगरपालिका, कर्णाली प्रदेश हुँदै झापा जिल्ला, विरानटजगर महानगरपालिका, विरगञ्ज महानगरपालिकासम्म पुगिसकेको छ । यहि वर्ष भित्र नेपाल राष्ट्रलाई सडक मानवमुक्त बनाउने अभियान स्वरुप नेपाल सरकारले नागार्जुन नगरपालिका वडा नम्वर १ मा ३ सय जना अट्ने घर निशुल्क उपलब्ध गराएको छ । नाना, खाना र छानाको अभाव भएका ब्यक्तिहरुलाई स्थानीय सरकार अभिभावक बनेर मानव सेवा आश्रमले उद्धार गरी पुर्नस्थापना गर्ने अध्यक्ष रामजी अधिकारीले बताउनु भयो । अनाथ, अशक्त, असहाय, अभिभावक विहिन, बेसाहारा सडकमा आश्रीत मानवहरुको उद्धारका लागि प्रतिवद्ध रहेको समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले बताउनु भयो । १३ वटै तहमा रहेका सडकहरुमा मानव विहिन बनाउने उदेश्यले निरन्तर छलफल र प्रयास भएको उहाँले बताउनु भयो । बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादेले उक्त अभियानलाई सहयोग पु¥याउँदै आवश्यक ब्यवस्थापन गर्ने बताउनु भयो । ब्यक्तिले ब्यक्तिलाई सडकमा पु¥याउन नहुने बताउँदै बादेले त्यस्तो अवस्थामा उद्धार र पुर्नस्थापनामा नगरपालिकाले आवश्यक सहयोग पु¥याउने बताउनु भयो । कार्यक्रममा धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्माले धुलिखेल नगरपालिकाले मानव समाज कल्याण संघ मार्फत नगर भित्र र जिल्लामै भएका सडक मानवहरुको उद्धार गरी पुर्नस्थापनाका लागि आवश्यक सहयोग गरिरहेको बताउनु भयो । गाउँपालिका अध्यक्ष कृष्ण खुलालले गाउँमा भन्दा शहरी क्षेत्रमा समस्या देखिएको बताउनु भयो । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, मानव सेवा आश्रमका सचिव सुमन बर्ताैला लगायतले मानविय सेवामा सबै पक्षको सहयोग आवश्यक रहेको बताउनु भएको थियो । पुष ७ गते शुरु भएको अभियान माघ १६ गते राष्ट्रिय सभा गृहमा समापन हुनेछ । ७७ वटै जिल्लामा उक्त अभियान निरन्तर रहनेछ ।









