बनेपा/बनेपाका युवा नेता तथा ब्यवसायी रत्नकुश रन्जितले बनेपा नगरपालिका वडा नं ३ ससीपानीमा रहेको भिमसेन मन्दिर पर्यटकको सुविधाको लागि खानेपानीको पाइप ६०० मिटर उपलब्ध गराउनुभयो ।
उक्त स्थान पर्यटन उचित रहेको र उक्त स्थानको समग्र विकासको लागि आफुले सकेको सहयोग गर्ने र उक्त स्थानमा रहने पानी ट्याङ्की उपलब्ध गराउने रन्जितले प्रतिबद्धता गर्नुभएको छ । रन्जितले विगतमा समेत आर्थिक अबस्था कमजोर भएका परिवारलाई आर्थिक सहयोग, बेरोजगारलाई रोजगार, विभिन्न सामाजिक कार्यमा समेत सहयोग गर्दै आउनु भएको छ ।
पर्यटन विकासको सम्भावना रहेको र बनेपा नगरपालिकाले उक्त स्थानलाइ प्रथामिकतामा राखी काम अगाडि बढाउनको लागि तत्कालिन नेकपा एमाले बनेपा नगरकमिटीका सचिब सागरनाथ कपालीले बिशेष पहल गरिरहनु भएको उपभोक्ता समितिका अध्यक्ष नेत्रप्रसाद दाहालले जानकारी दिनुभयो । आर्थिक बर्ष २०७६÷७७ मा काभ्रे भिमसेन ट्रस्ट निर्माण र मन्दिर परिषद्को उचित व्यवस्थापनको निमित ३ लाख बजेट ब्यबस्थापन भएकोले निर्माण कार्य सम्पन्न भएको उपभोक्ता समितीले बताएको छ । आर्थिक बर्ष २०७७÷७८ वडाबाट रु ५ लाख बजेट राखिएको वडा अध्यक्ष कृष्णप्रसाद दाहालले बताउनु भयो । दाहालले वडाको समग्र विकास निर्माणमा उपभोक्ताको जनसहभागिता चाहिने भएकाले समयमै सम्मपन्न हुन्छ वडा अध्यक्ष दाहालले बताउनु भयो । वडाले आवश्यकता हेरी विकासलाई तिब्रता दिएको बताउनु भयो । विनियोजित रकमबाट मन्दिर परिषदमा वाल लगाउने र मन्दिरलाई व्यवस्थापन गर्ने उपभोक्ता समितिका सचिव राजेन्द्र दाहालले बताउनुभयो ।









