2026 April 23/ 03:19: 08pm

    बनेपा/नेपाली काँग्रेसले जिल्लाका १३ वटै तहमा विरोध सभा आयोजना गरेको छ । पनौतीमा गरेको सभालाई नेपाली काँग्रेसका नेता रमेश लेखकले सम्बोधन गर्दै सर्वाेच्च अदालतको फैसला स्विकार गर्ने बताए । 
    सर्वाेच्च अदालतको जस्तोसुकै फैसला आए पनि स्विकार्ने बताउँदै लेखकले नेपाली काँग्रेस लोकतन्त्रको पक्षपाती भएकाले निर्वाचनमा भाग्न नसक्ने बताए । निर्वाचन नगरी धोका भयो भने त्यतिबेला काँग्रेसले आन्दोलनको आँधिबेहरी ल्याउने चेतावनी दिदै नेता लेखकले दुबै अवस्थाका लागि तयारीमा रहन अनुरोध गर्नु भयो । बनेपामा आयोजित सभामा केन्द्रिय सदस्य शिव हुमागाई लगायतका नेताहरुले संसद् विघटन असंवैधानिक भएकाले जनता सचेत हुँदै असंवैधानिक कामको खबरदारी गर्नु पर्ने बताएका थिए ।