2026 June 06/ 04:07: 47pm

    बैदेशिक रोजगारका पीडा कति कति । सरकार रोजगारको नाटक गर्छ । बर्षै अरबौंको रकम खर्चन्छ । प्रधानमन्त्री स्वरोजगार कोषका नाममा हुने खर्च पनि अपारदर्शी छ । नागरिक केन्द्रित छैन । बेरोजगार भएर सूचीमा नाम लेखाएकाहरुले पनी काम पाउने अवस्था छैन । स्थानीय तहमा शक्ति र नजिकको हुनुपर्ने अवस्था छ । त्यस्तो अवस्थाबाट मुक्त पाउन के गर्ने ? सधंै राजनीतिक दलको झोला बोक्नु पर्ने, झोला बोक्यो निर्वाचित जनप्रतिनिधिको नाता भित्रको पर्नु पर्ने । यस्ता कयौ पीडाहरु मैले मात्रै सबैले भोग्नु भएकै होला । देशको अवस्थाप्रति कसरी सन्तुष्ट हुनु ? राजनीतिक दलका नेताहरुलाई भएको चाँहि के होला ? चुनाव ? चुनाव ? चुनाव । सरकार । सरकार । सरकार । सरकार । 
    दुःख सुख ग¥यो पढ्यो । कक्षा १० सम्म अध्ययन गर्न उसै कठिन छ । पास ग¥यो कक्षा ११ र १२ पढ्न उसै गाह्रो । राज्यले भनेको निःशुल्क शिक्षा नाम मात्रै हो । संविधानमा लेखिन्छ ब्यवहारमा कहिले हो कहिले । अस्पताल जाउँ उपचार गर्न असम्भव छ । विमाका नाममा लुट मात्रै भएको छ । चाहिने औषधी हुँदैन । भनेको समयमा डाक्टर हुँदैन । निराश भएर फर्कियो । रोजगार छैन । कृषि ग¥यो विक्री हुँदैन । समयमा मल विउ छैन । मल विउ धेरै मुल्य तिरेर खेति ग¥यो उब्जनी राम्रो हुँदैन । भएको उब्जनी बजारमा पु¥यायो विक्री हुँदैन । जागिर कतै पाईदैन । प्रहरी, सेना, निजामती सेवामा समयमा आवेदन माग हुँदैन । निजामति सेवामा फाराम भरेको बर्षाै भयो परीक्षा नै हुँदैन । यस्तो मुलुकमा नेताहरुको हानथाप छ । सय केजी सुन भित्रन्छ । गरिबका छोराछोरीले विदेशमा बगाएको पसिनाले किनेर ल्याएका सामान रोकिन्छ । लुटिन्छ । यस्तो देशका असल नागरिक बन्नु पर्ने हामी । कसका लागि ? किन ? सेवा लिन गयो सहज छैन । बजार मुल्य आकाशिएको छ । १ वर्ष अघिको मुल्यमा तेब्बर बृद्धि भएको छ । नागरिकहरु कसरी बाँच्न सक्छन् ? 
     हामी बैदेशिक रोजगारीमा थियौं । त्यतिबेला म पनि उतै थिएँ । नेपालका यस्ता कयौ घटनाहरु हाम्रो सामुन्ने थिए । अहिले पनि काम गर्न गएका मध्ये दैनिक ३÷४ जना ब्यक्तिहरु बाकसमा प्याक भएर फर्कनु पर्ने अवस्था छ । यो उदयपुर चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरको घटना रहेछ । कुन्तीकुमारी चौधरीको पीडा हामीले उतै हुँदा सुन्यौं । हुन त उहाँ जस्तो दुःख पाउने ब्यक्ति कति हो कति । तर हामीले सकेको सहयोग र उद्धार गरेका मध्ये एक हुन् उनि । अहिले विदेश । विदेश विदेश । विदेशका कथा र ब्यथा भनिसाध्य छैन । उता रुखमा पैसा फल्दैन । दुनियाँको भनाई खाएर कमाउनु पर्ने पैसाको महत्व कति होला ?? उनको जीवन दुःखको सागरमा डुबेको छ । यो दुःखमा उनलाई सहयोग भएमा उनका श्रीमान सकुशल फर्केने अपेक्षा छ । उनका श्रीमान् प्रदीपकुमार चौधरी २०७३ सालमा दोस्रो पटक मलेसिया गएका रहेछन् । त्यसअघि पनि मलेसियामा नै काम गरेर फर्केका थिए । मलेसियामा डब्ल्यु सिटी कन्स्ट्रक्सन एसडीएन बिएचडी नामक कम्पनीमा श्रम स्वीकृति लिएर गएका रहेछन् । काठमाण्डौको बसुन्धारा स्थित पिजन ओभरसिजले पठाएको रहेछ । नेपालबाट गएको डेढ वर्षसम्म त सम्पर्कमा नै भएनन् । पटक पटक गरेको फोन सम्पर्क नभए पछि झनै तनाव भयो । 
    बैदेशिक रोजगारमा गएको हजारौँ पटक फोन गर्दा पनि उनको सम्पर्क भएन । नत उताबाट फोन आयो । फोन आउला भन्दा भन्दै परिवारका सदस्यले आश मारिसकेका थिए । सरकारी कार्यालयमा पनि निवेदन दिएका थिए । त्यो कार्यालयबाट पनि कुनै खबर आएको छैन । घरमा बुढा भएका सासू ससुरा हुनुहुन्छ । रोजीरोटी चलाउनै गाह्रो भएपछि बिस्कुट फ्याक्ट्रीमा उनको श्रीमतीले काम गरिरहेकी छिन् । त्यहि कमाईले छोराछोरीलाई पनि पढाइरहेको छु । उनका सासू ससुरा बिरामी रहेछन् । दुवै जनालाई हातखुट्टा दुख्ने समस्याले च्यापेको छ । जसोतसो काम गरेर बिहान बेलुकाको छाकको व्यवस्था त भएको छ । तर राम्रो अस्पताल लगेर उहाँहरूको उपचार हुन सकेको छैन । घरको दुःख एकातिर छ । अर्कोतिर मन भरी श्रीमान्कै चिन्ता छ । कुन अवस्थामा हुनुहुन्छ होला ? केही भयो कि भनेर मन आत्तिइरहन्छ । सासू ससुरालाई झन् चिन्ता छ । घरको अवस्थाले कमाउन हिँड्न परेको छ । घरमा भएका नातिनातिनाको पनि सासु ससुरालाई चिन्ता छ । छोराको पिरले त उहाँहरूका आँखा ओभाएका छैनन् । रोएरै दिनरात बिताई रहनु भएको छ । छोरो आए सुखको सास जान्थ्यो भने आश रहेछ । कहाँ जाऊ खोज्न । जाने ठाउँ पनि छैन । नत सरकारले नै दुःखीको कुरा सुनि दिन्छ । मन त कति रुन्छ रुन्छ । तर के गर्नु । गरिबको पीडा कसैले पनि नबुझ्ने रहेछन् । यदि तपाईँसम्म मेरो यो पुकार आइपुग्यो भने म सन्चै छु मात्र भनि दिए पनि पुग्छ । केही चाहिँदैन । तपाईँलाई राम्रो छ भन्ने मात्र सुन्न पाए पनि यो ज्यानले एक मुठी सास आरामको फेर्ने छ । यस्तो पीडा सुनेर म पनि भावुक भएँ । बरोबर घरमा सम्पर्क गरिरहेको थिएँ । यस्ता पीडा कति हो कति ? 
    म पनि बैदेशिक रोजगबारबाट फर्किएर स्वरोजगार भएको छु । जीवनको एक दशक भन्दा लामो समय परदेशी भूमिमा बिताईयो । अब देशमै केही गर्नुपर्छ भन्ने लागेर अहिले नेपालमै क्लिनिङ कम्पनी सञ्चालन गरिरहेको छु । जसमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा डेढ सय जनाले रोजगारी पाएका छन् । 
आजभन्दा २२ वर्ष पहिले वैदेशिक रोजगारीमा यूएई गएकी थिएँ । त्यतिबेला मेरो श्रीमान् पनि वैदेशिक रोजगारीमा यूएईमै हुनुहुन्थ्यो । श्रीमान् हाउस किपिङ तथा क्लीनिङ क्षेत्रमा फ्रन्ट डेस्कमा रहेर काम गर्नुहुन्थ्यो । म कफी सपमा । कफी सम्बन्धी तालिम सिकेर गएकाले पनि त्यहाँ मलाई काम पाउन र गर्न गाह्रो भएन । काम र कमाइ दुवै राम्रो थियो । तर घरदेशको मायाले परदेशको कमाई पनि फिका पर्दो रहेछ । नेपालको मायाले तानिरह्यो । लामो समय भइसकेको थियो परदेशी भूमिमा काम गरेको । अब घर जानुपर्छ र उतै केही गर्नुपर्छ भन्ने सोचले घच्घच्याइरह्यो । त्यसपछि हामीहरुले नेपाल फर्किने निर्णय गर्यौँ । मेरो श्रीमान् २०१७ मा नेपाल फर्किनुभयो । त्यसको एक वर्षपछि म पनि नेपाल पर्किएँ । हुन त मैले यूएईमै कफी बनाउने सम्बन्धी तालिममा बारिस्टामा मास्टर्स पनि गरेको छु । नेपाल गएर कफी सप वा रेस्टुरेन्ट खोल्छु भन्ने सोच थियो । नेपाल फर्केर काभ्रेको धुलिखेलमा रेस्टुरेन्ट पनि खोलियो । तर त्यहाँबाट सोचेजस्तो कमाई भएन । धेरै थिए रेस्टुरेन्टहरु । कफी सपको अवस्था पनि त्यस्तै थियो । बजारमा छाईसकेको व्यवसाय भन्दा केही नयाँ गरौँ भन्ने सोच पलायो । मान्छेहरुलाई कफि खाने बानी पनि थिएन । अहिले चाँहि कफि खाम भन्ने जमात बढेको छ । मेरा श्रीमानलाई क्लिनिङ क्षेत्रमा काम गरेको अनुभव थियो । नेपालमा यस्ता कम्पनी खुलेका पनि थिएनन् । त्यसले बजार लिन्छ भन्ने लाग्यो र हामीले त्यसैमा लगानी गर्यौँ । अनि २० लाख रुपैयाँमा लगानी गरेर २०७६ सालबाट सुरु भयो हाम्रो कम्पनी । 
    घर भित्रका सम्पूर्ण प्रकारका सरसफाई, निजी घरदेखि सार्वजनिक कार्यालय, बगैंचादेखि खेलकुद आयोजना गरिएका रंगशाला र मैदान सफा गर्ने जिम्मा लिन्छ हाम्रो कम्पनीले । यसरी आएका काममा एक सय ५० जना जति श्रमिकलाई परिचालन गर्दै आएका छौँ । कतिलाई स्थायी रोजगारी दिएका छौँ भने कति ज्यालादारीमा काम गरिरहनु भएको छ । अहिलेको कार्यालय काठमाडौको बानेश्वरमा छ । हामीले काठमाडौ उपत्यकामा मात्र नभएर कामको माग भए अनुसार देशभरि नै सेवा दिने व्यवस्था गरेका छौँ । अहिले मेरो श्रीमान्ले बढी नै हेर्नुहुन्छ कम्पनी । म विदेशबाट फर्केकाहरुको संगठन रिटर्नी माइग्रेन्टमा पनि आबद्ध छु । कम्पनी राम्रै चलिरहेको छ । ७५ प्रतिशत मार्जिन पाउने व्यवसाय भएकाले निराश हुनुपर्ने अवस्था छैन । व्यवसायमा सकारात्मक सोचले सकारात्मक परिणाम ल्याउने हो । अब चाँडै कफी सप खोल्ने रहर छ । यस्तो आर्थिक मन्दिमा पनि हाम्रो ब्यवसायमा समस्या आएको छैन । बैदेशिक रोजगारको सिपलाई ब्यवहारमा उतार्न सक्यो भने आफु मात्रै होइन अरुलाई पनि रोजगार दिन सम्भव रहेछ । 
    बैदेशिक रोजगारका नाममा अनेक विकृती पनि छन् । छोरीहरुलाई पनि सुरक्षाका कुरा हुँदा रहेछन् । हामी श्रीमान श्रीमती सँगै भएकाले कुनै प्रकारका समस्या भएनन् । अरु नेपालीका धेरै दुःख हामीले आफै देख्यौं । यहाँ आएर समाधानका लागि धेरै प्रयत्न पनि ग¥यौं । तर पनि केहि लागेन । अहिले नेपाल सरकारले विदेश जाने ब्यक्तिहरुका लागि सीप उपलब्ध गराउने ब्यवस्था गरेको रहेछ । तर पनि सरकारी काममा विश्वास नै छैन । विदेश जानेहरुले सीप सिकेर जाँदा दुःख पाउनु पर्दैन । भाषा र सिप सिकेर जानुस् ? फर्केर हाम्रो जस्तै स्वदेशमै केहि गर्नाेस् । सबै नराम्रो पनि छैन । राम्रो पनि छैन । श्रम र पसिना सकेसम्म स्वदेशमै बगाऔं । स्वदेशमै केहि गरौं । 

शान्ता बस्नेत
धुलिखेल काभ्रे
हालः काठमाडौ, बानेश्वर