2026 June 06/ 03:49: 24pm

    बैदेशिक रोजगार । नेपालको आवश्यता र समस्या । अधिकांश युवा युवतीहरु बैदेशिक रोजगारमा जान लालायित छन् । बैदेशिक रोजगारको आवश्यकता र त्यसका समस्याका बारेमा खुलेर छलफल हुन नसक्दा पछिल्लो समय संकट माथी संकट थपिएको छ । बैदेशिक रोजगारबाट फर्किएकाहरुको कारुणीक कथा फरक फरक छ । त्यस्तै कथा भएका एक ब्यक्तिले भोगेको भोगाई जस्ताको तस्तै । सरकारले रोजगार दिने कुरा गफ मात्रै हो । अहिले भर्खर बजेट आएको छ । हरेक वर्ष आउने बजेट पनि बेरोजगारका लागि अनुकुल छैनन् । एउटा श्रीमान्ले श्रीमतीका लागि कतिसम्म गर्दाे रहेछ ? के–के गर्दा समेत श्रीमती आफ्नो हुन सक्ने रहिनछन् ? श्रीमती आफ्नी हुन एउटा पुरुषले के गर्नुपर्छ ? नेपालको कानुनले पनि पुरुषहरुलाई धेरै पीडित बनाएको छ ? सर्वाेच्चले समेत पूरुष कहिल्यै बलात्कृत हुन सक्दैनन् भन्ने आशयको फैसला गरेको छ ? के साँच्चै श्रीमतीहरुबाट श्रीमान् कहिल्यै पीडित हुँदैनन् त ? यो गम्भीर विषय बनेको छ । अझ भनौं धेरै पुरुषहरु श्रीमतीबाट हुने पीडाहरु कसैलाई सुनाउन सक्दैनन् । चाहँदैनन् । किनकी श्रीमतीको हर्कतका बारेमा भन्यो भने यो कस्तो काँतर पुरुष रहेछ भनेर गिज्याउन थाल्छन् । सायद यिनी पनि श्रीमती सँगै भई दिएको भए त के भन्थे होलान् र ? तर पनि पीडालाई शक्तिमा बदल्ने उनको यो बाहेक अर्काे कुनै उपाय छैन पनि । धेरै छन् पीडा । उनका मनमा उठेका अनेक प्रश्नहरुको जवाफ नै दिन सकिँदैन । कसले दिन सक्छ ? उसैले जानोस् तर उनका पीडामा कसैले मल्हम चाँहि लगाउन सक्दैन । पनौतीमा डेरा वसेको ७ वर्ष पछि उनी काठमाडौंको स्वयम्भुमा डेरा सरे । त्यहाँ जाँदा पनि नेपाल गए कपालसँगै बर्मा गए कर्मा सँगै भन्ने उखानलाई छाडेन । गरिबको दुःख जता गयो उतै त्यस्तै । कहिल्यै उनले त्यसलाई बदल्न सकेनन् । न कि आफू बदलिन सके । घर न घाटको भएपछि अहिले मजजुरी गरिरहेका छन् । कहिले रिक्सा चलाउँछन् त कहिले भरिएको गाडी आउने वितिक्कै लोड अनलोडका लागि कुद्छन् । विवाह, घर र आफन्तको कुरा गर्दा रिसाउने मानबहादुर मजदुरका पीडा पनि पत्रिकामा आउने भएपछि वास्तविता भन्न लागेका हुन् । 
    २०४३ सालमा जन्मेका मानबहादुर जेठो सन्तान हुन् । सामान्य परिवारमा हुर्केका उनले कक्षा ८ सम्मको पढाई सकेका छन् । कक्षा ९ मा अध्ययन गर्दा गर्दै फेल भएपछि उनी २०५७ सालमा पनौती आएका थिए । पनौतीमा गाउँका केही मान्छेहरु पनि बसेकाले उनलाई केही समय सहज भएको थियो । कहिले घर बनाउने काममा जाने त कहिले खेतबारीको मजदुरीमा जाँदा जाँदै २०५९ सालमा तेमाल घर भई बनेपामा सामान्य होटल गर्दै आएको एक परिवारको छोरीसँग सम्बन्ध बढाए । त्यतिखेर उनी डेरा पनौतीमा भए पनि कामको लागि बनेपा आउने गरेका थिए । बनेपामा आउँदा आउँदै उसकै होटलमा दैनिक खाजा कहिलेकाँही खाना समेत खाँदा होटल साहुको छोरीसँग एकतर्फी प्रेम पर्न गयो । होटल साहुनीलाई पैसाको धेरै खाँचो रहेछ । उसले पनि काम गरेको ठाउँबाट ५ हजार पैसा लिएर आएको थियो । खाजा खाएर पैसा तिर्न लाग्दा साहुनीले उसको पैसा देखिन् । उनले केहि भन्न सकिनन् । भोलिपल्ट छोरी मार्फत केही दिनको लागि रकम सापट माग्न लगाईन् ।     मानबहादुर पनि मनकारी भए । उमेर चढ्दो थियो । भएर त सापट मागे नि ? उनलाई केही बेर मनमा कुरा खेल्न थाल्यो । पसल राखेर बसेका साहुहरुले मँसग ऋण मागेका ? किन नदिने ? कोठा भाडा तिर्न दुई महिना भएको थियो । कहिलेकाँही रासन बाँकी खाएको एक हजार पैसा तिर्नु थियो । त्यो सबै छाडेर मानबहादुरले ऋण दिए । उनको दैनिकी त्यस लगत्तै फेरियो । प्रायः उधारो खाजा खाने मानबहादुरले उधारो खानै छाडे । पैसा नभएको दिनमा त्यो होटलमा गएर खाजा खानै छाडिदिए । अर्काे होटलमा गएर खाजा खाएको साहुनीको छोरी गोमाले थाहा पाईन् । तिनी पनि पढाई छाडेर बसेकी रहिछन् । कहिलेकाँही आमालाई सहयोग गर्ने नत्र सुईटर बुनेर दिन कटाउने गोमाको निम्ता मानबहादुरले काट्न सकेनन् । हुँदा हुँदा उनले दिएको ३ हजार पच भयो । 
    ख्याल ख्यालमा गोमा र मानबहादृुरको विवाहको प्रसङ्ग चल्यो । कारण त्यहि रहेछ उनीहरुको योजना भनेकै पैसा नदिने । मैले पनि गोमालाई मन पराईरहेको थिएँ । तामाङ विधी अनुसार विवाह गरियो । दुवै परिवार खुशी नै थिए । घरमा आमा बाबुले बुहारी गाउँमै बसिदिन्छे भन्ठानेका रहेछन् । कुरा त्यसो भएन । उनी र मानबहादुर दुवै शहर आए । डेरामा भन्दा गोमाको समय होटलमै वित्ने गरेको थियो । मानबहादुरले दुःख गरेर खाने हो ससुरालीको अगाडि के गर्ने भन्दै काठमाडौंमा डेरा सारे । डेरा सारे पनि गोमाको बसाई धेरैजसो होटलमै हुन थाल्यो । विवाहको एक वर्षसम्म मानबहादुरले कमाएको पैसा पनि त्यहि होटलमै लगानी भयो । उनकै आग्रह अनुसार मानबहादुरले होटलमा लगानी गरे । गोमाका भाईहरु सानै छन् । त्यहाँबाट आएको कमाई सबै हामीलाई नै हो भन्दै गोमाले मानबहादुरलाई फकाएपछि उनले नाई भन्नै सकेनन् । उता गोमाको माईतीले छोराहरुलाई भनेर बनेपामै २०६७ सालमा घडेरी किनेका रहेछन् । गोमाले होटलमा लगानी गरेको मानबहादुरलाई चित्त बुझेको थिएन । कुरा काट्न नसक्नु लोग्ने मान्छेहरुको श्रीमती प्रतिको विश्वास पनि हो । काठमाडौंमा डेरा भए पनि गोमा धेरैजसो बनेपामै बस्न थालिन् । मानबहादुरलाई उनको ब्यवहार मन परेन । श्रीमतीलाई शंका पनि गर्न सकेनन् । मजदुरी गर्दै बस्ने मानबहादृुर १५÷१५ दिनमा बनेपा आउन थाले । श्रीमती र परिवारको माया पाउन सकेनन् । उनले काठमाडौं बसी र होटल गर्न आग्रह गरे । तर उनले मानेनन् । धेरै कर गरेपछि गोमा काठमाडौ जान राजी भईन् । काठमाडौं गएपछि उनले मानबहादुरलाई विदेश पठाउने तयारी गरिन् । २ लाख रुपैया रुपैयाँ खर्च गरेर मानबहादुरलाई गोमाकै पहलमा मलेसिया पठाईन् । कुरा अर्कै रहेछ । मानबहादुर मलेसिया गए । पैसा सबै उनकै खातामा पठाए । करिब १० लाख रकम कमाए होला २४ महिनामा । त्यो सबै पैसा गोमाले खर्च गरिसकेकी रहिछन् । अझ वावु आमाले किनेको जग्गामा ५ आना थपेर वावुहरुलाई नै सहयोग गरेकी रहिछन् । केहि वर्ष अघि देखि उनले स्थानीय नेवार समुदायका केटासँग प्रेम गरेकी रहिछन् । गोमाको प्रेम यतिसम्म पुगेछ कि मानबहादुर विदेश गएको छोटो अवधीमा गर्भ रहेछ । त्यो गर्भपतन गराएको विषयमा पनि धेरै पछि मानबहादुरले थाहा भयो । टेलिफोनमा धेरै साथीहरुले फोन गरे । गोमालाई फोन गरेको कुरा गर्न मानिनन् । ३ महिनाको काम बाँकी हुँदा हुँदै नेपाल आएका मानबहादुर सिधै काठमाडौको डेरामा पुगे । घर भाडा नतिरेको लामो समय भएको थियो । घरबेटीले सामान आफुसँगै राखेर ताला लगाएका थिए । अझ अरु मान्छे बसिसकेका रहेछन् । सामान पनि के थियो र एउटा सामान्य मजदुरको । तै पनि ओढ्ने र ओछ्याउने सामानहरु त्यहि छाडेर उनी बनेपा गए । बनेपामा श्रीमती विरामी थिईन् । तर पनि उनले पुराना कुरा विर्सेर बोलाए । उनी ठुस्स परिरहिन् । कुकुर आएर जाँदा जस्तो उनलाई ब्यवहार नभएपछि उनी आफ्नो पसिनाको रकमका बारेमा सोध्न थाले । सबैजना मिलेर उनलाई खाउँला जस्तै गरी आईलागेपछि ज्यान जोगाउनै धौ–धौ पर्ने भएपछि उनी त्यहाबाँट राजधानी लागे । 
    मानबहादुरले टेलिफोनमा पैसा मागेपछि उनलाई केटाहरुले आएर भक्कु कुटे । तँ पैसा माग्ने ? आफ्नो रकम श्रीमतीलाई माग्दा कुटाई नै खाएपछि उनी गाउँ गए । सबै कुरा भने । गाउँमा विवाह गर्ने तयारी भयो । विवाह गर्न ठिक्क भए पछि केटी त पोईल गईछ । भाग्यमा जे लेखेको छ त्यहि मात्र पाईन्छ भनेर उनी विरक्तिदै काठमाडौं गए । काठमाडौं गएर मजदुरी काम शुरु गरे । केही रकम जम्मा पनि गरे । पछि उनी रङ लगाउने काममा लागे । त्यहाँ काममा रहेको बेला गुरुङ्ग जातको केटीसँग माया प्रेम पर्न गयो । उनीसँग गहिरो माया बसेपछि मानबहादुरले सँगै बस्ने प्रस्ताव गरे । ६ महिना जति सँगै काम पनि गरे । एउटा घरको ४० हजार रकम ज्याला लिएर उनी वेपत्ता भईन् । बनेपामा रहेकी गोमाले फोन गरेर बसौ, जे–जे भयो भयो भन्दै माफी मागिन् । उनै सँग जिउनु प¥यो भनेर आएका मानबहादुरले ५ महिनाको गर्भ भेट्टाए । विवाह नगरौं उल्टै धम्की आयो, गरौं आफ्नो बच्चा होईन ? चेपुवामा परेका मानबहादुरले जुक्ति निकाले । उनकै सहयोगमा फेरी विदेश जाने । विदेश गए । पैसा आफ्नै खातामा राखे । नेपाल आए पछि मकवानपुरकी विवाह भएर लोग्नेले छाडेको एउटी अधबैशे केटीसँग विवाह गरे । बनेपामै घरजम गरी बसेका मानबहादुरको जोडीले घर निर्माणको काम थालेको ७ वर्ष वितेको छ । श्रीमतीकै भरमा जीवनलाई अगाडि बढाईरहँदा दुःख पाएका मानबहादुरले भनेका छन् लक्ष्मीका रुपमा रहेका श्रीमतीहरुलाई के आधारमा विश्वास गर्ने ? कठिन छ बैदेशिक रोजगार । बाध्यता छ जानैपर्नै । नेपालमा बसेर पनि के गर्ने ? बस्दा पनि काम गर्ने अवस्था छैन । 

मानवबहादुरको पीडा देख्ने छिमेकी
शितल न्यौपाने, बनेपा, काभ्रे