बनेपा/विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले रणनीतिक कार्याशाला गोष्ठी आयोजना गरेको छ । संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न रणनीतिक गोष्ठीमा संस्थाको क्ध्इत् विश्लेशणका साथै चालू आ.ब २०७६÷२०७७ संशोधित लक्ष्य प्राप्तिको लागि संस्थाले अपनाउनुपर्ने रणनीतिहरुको बारेमा छलफल भएको थियो भने आगामी वर्ष २०७७÷०७८ को अनुमानित लक्ष्य निर्धारण तथा रणनीति तय गरिएको थियो ।
क्षेत्रीय कार्यालय एवं केन्द्रीय कार्यालयको चालु आ.व.को रणनीति, संचालन गरिने सामुदायिक तथा सामाजिक कार्यक्रमहरु प्रस्तुत गरिएको उक्त कार्यक्रमको संचालन संचालक समितिका सचिव रामशरण भण्डारीले गरेका थिए भने सहभागिहरुलाई स्वागत संचालक समितिका उपाध्यक्ष भिमसेन सापकोटाले गरेका थिए । कार्यक्रममा संचालक समितिका पदाधिकारी एवं सदस्यहरु, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक एवं सदस्यहरु, क्षेत्रीय अन्तर समितिका पदाधिकारी, विभिन्न उप–समितिका संयोजक एवं प्रमुख व्यवस्थापक, विभागीय व्यवस्थापक, कार्यालय व्यवस्थापक र सहायक कार्यालय व्यवस्थापकहरु गरी ६१ जनाको सक्रिय सहभागिता रहेका थिए ।





