बनेपा/सक्षम बचत तथा ऋण सहकारी संस्थालिले २५ औं स्थापना दिवस मनाएको छ । कार्यक्रमका प्रमुख अतिथी संघीय सांसद् घनश्याम खतिवडाले सहकारीहरुले सहकारीको भावना र मर्मअनुसार सञ्चालन गर्नुपर्ने बताए ।
थोरै पूँजीँमा सञ्चालन भई धेरै पुजीं सकंलन भए पनि सहकारीका सदस्यहरुको हितमा लाग्नुपर्ने उनले बताए । अहिले केहि सहकारीहरु कमाउ धन्दामा लागेकाले राम्रा सहकारीहरु पनि ओझेलमा परेकाले सहकारीको नीती र नियमअनुसार चल्नुपर्ने खतिवडाले बताए । सरकारको तिन खम्बे नीति अनुसार सहकारी पनि एक खम्बे भएकाले सहकारीबाट जनताका आयस्तर उकास्ने देखी बेरोजगारीलाई रोजगार, राज्यलाई समेत आर्थिक क्षेत्रमा सहयोग गरेको उनको भनाई थियो । ‘सहकारी ऐन आईसकेकाले सोही अनुसार सञ्चालन गर्नुस्’–उनले भने । कार्यक्रममा नेफ्स्कुनका पुर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गद्धारा लिखित लेखकहरुको संग्रह “अस्थिर मुलुकमा स्थिर सहकारी” नामक पुस्तकको विमोचन गरिएको थियो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष मैया बैधले स्थापना पछि केहि समय सुस्त मनस्थिती (आदर्श विद्यालय)का अभिभावकहरुले २० रुपैयाँबाट शुरु गरिएको संस्था पछि नाम परिवर्तन गरि सक्षम सोकोस भएको जानकारी दिईन् । २०५१ साल साउन १९ गते डिभिजन सहकारीमा दर्ता गरी नियमित सञ्चालनमा ल्याएको संस्थाले बौद्धिक अपाङ्गता भएका ब्यत्तिहरुलाई सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको बताईन् ।
संस्थामा हाल १ हजार २ सय जना सदस्य रहेको र आर्थिक कारोबार सन्तोषजनक रहेको अध्यक्ष रमेशकाजी श्रेष्ठले बताए । कार्यक्रममा २५ वर्ष सम्म निरन्तर बचत गर्ने ब्यक्तिहरु, उत्कृष्ट कर्मचारी, संस्थाका पधादिकारीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बलराम अधिकारी, समस्याग्रस्त सहकारी ब्यबस्थापनका सदस्य दिपकप्रसाद पौड्याल, बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, काभ्रेपलाञ्चोक जिल्ला सहकारी बचत तथा ऋण सहकारी संस्थाका सल्लाहाकार शम्भुलाल श्रेष्ठ लगाएतले मन्तब्य राखेका थिए । कार्यक्रममा संस्थाका बारेमा सहायक प्रबन्धक पार्वती थापाले राखेकी थिईन् । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष रमेशकाजी श्रेष्ठले गरेका थिए भने सञ्चालन सचिब भवानी जोेशीले गरेका थिए ।





