पनौती/पनौती नगरपालिकाले नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेको अध्यक्षतामा स्थानीय तह गठन पछि नगरमा रहेका विभिन्न क्षेत्रमा रहि सामाजिक कार्य गरे अनुरुप सम्मान तथा २०७५ सालको एसईईमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।
नगरले पहिलो पटक जेष्ठ नागरिक सय वर्षकी लिलादेवी हुमागाई, ९८ वर्षका रामलाल कर्माचार्यलाई नगद ५ हजार सहित सम्मान गरेको छ । त्यसैगरी उत्कृष्ट उपभोक्ता समितीको तर्फबाट सेतोपाटी थापागाँउ मोटरबाटो वडा नं ३ कुशादेवी पहिलो लाई रु नगद १५ हजार, लाँकुरी बाटोदेखी जुगुगाँउ हुदै खल्थली जोड्ने बाटो ९ नं. वडा द्धितिय रु १० हजार र ठुलोदोबाटो गणेशस्थान जलेश्वर सडक स्तर उन्नती वडा नं. ५ तृतिय नगद रु ५ हजार सहित सम्मान गरेको छ । त्यसै गरी शिक्षा सेवी रामप्रसाद अधिकारी, भाषासाहित्य कला, सस्कृति तर्फ तुयुकाजी ताम्रकार, स्वास्थ्य क्षेत्रमा डा.सुमनराज ताम्राकार, नगरपालिकाको प्रतिक चिन्ह लोगो निमार्णकर्ता मन्जु स्याउला, सञ्चारकर्मी मधुसुदन गुरागाई, सहकारीकर्मी दिपक थापा, पर्यटन कौशिल्या मैनाली, अमात्य र युवा तथा खेलकुद विजय सुन्दर सैजुलाई सम्मान गरिएको छ । त्यसै गरी उत्कृष्ट करदाता संस्थागत मल्पि ईन्टरनेशनल र ब्यक्तिगतमा सुशिल÷सुनिल सैजु स्वास्थ्य सेविका सञ्चमाया तामाङ र उत्कृष्ट अधिकृत तर्फ बरिष्ठ प्रशासकिय अधिकृत ईन्द्र प्रसाद अधिकारी लाई नगद रु १० हजार र सहायक तर्फ का. स प्रल्लाद सापकोटालाई नगद १० हजार सहित सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा विद्यालय तर्फ एसईईमा ए प्लस ल्याउने बढि विद्यालय मध्ये सामुदायीक विद्यालय तर्फ कुशादेवी माध्यमिक विद्यालय र संस्थागत तर्फ सुर्योदय माविलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो भने जिपिए ३.६ भन्दा माथि ल्याउने विद्यार्थिहरुलाई नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा सम्मान गर्दै नगर प्रमुख भिम न्यौपानेले नगरले पहिलो पटक कार्यक्रमको शुरुवात गरी समाजमा केहि गर्ने ब्यक्तिहरुलाई सम्मान गरेको बताए । नगरको सानो सहयोगले समाजसेवामा लाग्ने ब्यक्ति र संस्थाहरुलाई हौसला मिल्ने बताए । नगरको विकासमा सबै मिलेर मात्र सम्भब भएकाले सबैजनाले सहयोग गर्न आग्रह गरे ।
नगरमा जनताका आकांक्षाहरु धेरै भएकाले हामिले केहि मात्रमा पुरा गर्दे गएकाले विस्तारै पुरा गर्दैे लगिने उनले बताए । नगरको स्रोत र साधन कमि भएकाले सोहि अनुसार विकासलाई प्राथमिकतामा राखी अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा उप प्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद चापागाई, वडा नं. १ का वडा अध्यक्ष गुणनाथ सापकोटा, ३ का अध्यक्ष किशोर थापा लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा वडा अध्यक्षहरु, विभिन्न संघ सस्थाका प्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यार्थी लगाएतको सहभागिता रहेको थियो ।





