2026 April 21/ 07:37: 31pm

    मण्डनदेउपुर/मण्डनदेउपुर नगरपालिकाको कृषि शाखाको आयोजनामा आ.व २०७५/२०७६ को वार्षिक कार्यक्रम अनुसार कृषकहरुलाई कृषि औजार सामाग्रीहरु वितरण गरेको छ भने शिक्षा शाखाले शैक्षिक सामाग्री वितरण गरेको छ । 
    कृषि औजार वितरण गर्दे कार्यक्रमका प्रमुख अतिथी तथा नगरपालिका नगर प्रमुख टोक बहादुर वाईबाले नगर पालिका कृषिमा आत्मनिर्भर भएकाले नगरपालिकाले पनि कृषिमा लगानी गरेको बताए । नगरका कृषकहरुको आर्थिक स्तर उकास्न र कृषिमा आधुनिकीकरणबाट कृषकहरुको आयस्तर माथि उठ्ने बताए । नगरले १ सय ९ वटा जोत्ने ट्रयाक्टर र २१ वटा धान वा गहँु चुट्ने मशन समेत गरी ५४ लाख ६४ हजार बराबरको कृषि औजार वितरण गरिएको वाईबाले बताए । ‘नगरपालिकाको एउटा सानो प्रयास हो आगामी बर्ष यसलाई बढाउदै किसानहरुलाई थप आधुनिकीकरण तर्फ लैजादै र उत्पादन बृद्धितर्फ लैजान्छौं’–नगर प्रमुख वाईवाले बताए । अभाबै अभावका बीच पनि नगर अगाडी बढी रहे पनि २ वर्षमा धेरै काम गर्न सफल भएको उनले बताए । कर्मचारी अभाव, कार्यालय बस्ने भवन अभाव भए पनि भएकालाई ब्यबस्थापन गर्दे अगाडी बडेको वाईवाले बताए । 
    ‘निर्वाचनको समयमा जनता समक्ष एक घर एक धारा प्रतिबद्धता ब्यक्त गरे अनुरुप ३ हजार ५ सयको घर धुरीमा धारा पुगिसकेको र ७ हजार घरधुरिमा आगामी ३ वर्षमा पुग्ने, सडक धमाधम पक्कि निमार्ण गर्न लागिएको प्रत्येक वडामा एउटा बगैचा निमार्ण गर्न लागिएको, फोहोर मैला ब्यबस्थापन शूरु गरिएको, नगरपालिकाको भवन आगामी बर्षबाट शुरु गर्न लागिएकाले सबै नगरबासीहरु मिलि विकासमा सहयोग गर्न आग्रह गर्छु’ – वाईबाले भने–‘जनताले दिएको विश्वासलाई हामी जनप्रतिनिधिहरुले मर्न दिदैनौं । नगरले सबै कृषकहरुले आधुनिक औजार प्रयोग गर्दा समय, पैसा, जनशक्ति बचत हुने भएकाले नगरपालिकाले ५० प्रतिशत अनुदानमा दिएको औजारको सही सदुपयोग गर्न कृषकहरुलाई आग्रह गर्छु । नगरपालिकाले समय समयमा कृषि औजारको अनुगमन गर्ने भएकाले सहि सदुपयोग नभएमा कारर्वाहि गर्नेछौं ।’ 
    कार्यक्रममा नगरका ३९ वटा सामुदायीक विद्यालयलाई १६ प्रकारका शैक्षिक सामाग्री समेत वितरण गरिएको थियो । उक्त सामग्री हस्तान्तरण गर्र्दे नगर प्रमुख टोक बहादुर वाईवाले नगरले सबै भन्दा बढी बजेट शिक्षामा छुट्टयाएकोले पहिले शिक्षा नै सुधार्नु पर्ने बताएका थिए । नगरमा बाल विकास केन्द्रहरुमा निशुल्क खाजाको ब्यबस्था, कक्षा १ देखी १० सम्म पुस्तक, ड्रेस निशुल्क, कक्षा ३ सम्म अनिवार्य अंग्रेजी माध्यमबाट पढाई सञ्चालन गरिएको बताएका थिए । कार्यक्रममा नेकपाका नेता विदुर सापकोटा, नेपाली कांग्रेसका रामहरी सापकोटा, ६ नं वडा अध्यक्ष तथा नगर प्रवक्ता डिल्लिराम आचार्य, ८ नं वडा अध्यक्ष झलकप्रसाद पौड्याल, प्रमुख प्रशासकिय अधिकृत प्रर्णराज न्यौपाने लगाएतले नगरको विकासमा सबैको हातेमालो आबश्यक रहेको बताए । कार्यक्रमको सभापतित्व आर्थिक विकास समिती संयोजक तथा ७ नं वडा अध्यक्ष नारायण लम्सालको सभापतित्वमा सम्पन्न भएको थियो ।