2026 April 21/ 07:37: 32pm

   धुलिखेल/धुलिखेल नगरपालिकामा पहुँच परियोजना सम्वन्धी परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । 
    धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेभ द चिल्ड्रेनको सहयोगमा संचालन भएको उक्त कार्यक्रममा कार्यक्रम संचालन हुने वडाका वडा अध्यक्षहरु वडा नम्वर ४ का अध्यक्ष रविन्द्र कर्माचार्य, वडा नम्वर ८ का अध्यक्ष निराजन जंगम, वडा नम्वर ९ का अध्यक्ष बसन्त रानाभाट, वडा नम्वर ११ का अध्यक्ष विष्णु काभ्रेली लगायतको सहभागिता रहेको थियो । वडा अध्यक्षहरुले कार्यक्रमले बालबालिकाहरुको जीवनस्तरमा सुधार ल्याउन र बालबालिकाहरुको गरिवी हटाउन सहयोग पुग्ने बताएका थिए । शिक्षा शाखा प्रमुख माधव शर्मा, लेखा शाखा प्रमुख धनबहादुर बस्नेत, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, सामाजिक विकास शाखा प्रमुख विदुर गौतम लगायतले उक्त कार्यक्रम र प्रभावकारीताका बारेमा मन्तब्य राखेका थिए । सेभ द चिल्ड्रेनका पुस्कर काफ्लेले धुलिखेल नगरपालिकामा संचालन हुने २ वर्षे कार्यक्रमको प्रमुख उदेश्य र प्रभावकारीताका लागि संचालन गरिने गतिविधिका बारेमा जानकारी गराएका थिए ।