2026 April 21/ 07:37: 30pm

    धुलिखेल/राष्ट्रिय परिचयपत्र ब्यवस्थापन सम्वन्धी अन्र्तक्रिया तथा अभिमुखिकरण कार्यक्रम धुलिखेलमा सम्पन्न भएको छ । 
    गृह मन्त्रालयलको राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागको आयोजनामा धुलिखेलमा भएको कार्यक्रममा जिल्लाका सांसदहरु, स्थानीय सरकारका प्रतिनिधिहरु, कार्यालय प्रमुखहरु, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नागरिकता सँगै राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने गरी सरकारले आगामी दुई वर्ष भित्र अनिवार्य र एक मात्रै परिचयपत्रका रुपमा प्रयोग गर्ने गरी उक्त परिचयत्र वितरण गर्न लागिएको हो । जिल्लाका १६ वर्ष भन्दा माथीका झण्डै ३ लाख नागरिकहरुको औठाछाप, रेटिना सहितको तस्विर र विवरणहरु उक्त परिचयपत्रमा समावेश गरिएको छ । ब्यक्तिको सम्पूर्ण विवरण उल्लेख गरिएको परिचयपत्र काभ्रेमा वितरण गर्न पहिलो चरणमा २ वटा स्थायी र ३० वटा घुम्ती केन्द्र राखिनेछ । प्रतिनिधि सभा सदस्य गंगाबहादुर दोङ्ग, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना लगायतले सरकारको उक्त कार्यक्रम सफल पार्न सबै पक्ष लाग्नु पर्ने बताएका थिए ।