2026 April 21/ 07:07: 55pm

    बनेपा/अरनिको राजमार्ग र विपी राजमार्गका विभिन्न स्थानमा आईतबार एकैदिन चार दुर्घटना भएका छन् । अलग अलग दुर्घटनामा तीनको निधन भएको छ । 
    बनेपा नगरपालिका वडा नम्वर १० साझा पेट्रोलपम्प नजिक बनेपाबाट साँगातर्फ जाँदै गरेको वा ५७ प ९४६९ नम्वरको मोटरसाईकल विपरीत दिसाबाट आउँदै गरेको बा १७ च ८११२ नम्वरको स्करपियोमा ठक्कर खाँदा एकको निधन भएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं डिएस्पी दिपक गिरीका अनुसार बनेपा नगरपालिका वडा नम्वर १२ कोटथुम्का बस्ने २१ बर्षिय रविन थापाको बनेपाको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा निधन भएको छ । उनिसँगै सवार सोहि स्थानका २६ बर्षिय सविन थापाकोे उपचार भईरहेको छ । स्करपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता गिरीले बताए । त्यस्तै आईतबार सोहि स्थानमा भएको अर्काे दुर्घटनामा वा ९९ प ३३९७ नम्वरको स्कुटीले अरनिको राजमार्गको साझा पेट्रोल पम्प नजिकै विपरीत दिसाबाट आउँदै गरेको बा ६ ख ७३१५ नम्वरको ट्रकलाई ओभरटेक गर्ने क्रममा स्कुटी चालक एकजनाको घटनास्थलमै निधन भएको छ । निधन हुनेमा रोशी गाउँपालिका७ कटुञ्जे घर भएका २६ बर्षिय आशाकाजी वाईवा रहेका छन् । ट्रक चालकलाई नियन्त्रणमा लिई कारवाही शुरु गरिएको छ । 
    त्यस्तै आईतबार भएको अर्काे दुर्घटनामा धादिङ्ग सल्यान ३ घर भई कालिसिद्धी गण बर्दिवासमा कार्यरत नेपाली सेनाका अमलदार वर्ष ३५ का भोजनारायण श्रेष्ठको रोशी गाउँपालिका ८ गिम्दीबेशी विपि राजमार्गमा दु्र्घटना हुँदा निधन भएको छ । काठमाडौबाट मंगलटार तर्फ जाँदै गरेकोना ६२ प ७३१६ नम्वरको मोटरसाईकल आफै अनियन्त्रित भई नालीमा खसी दुर्घटना हुँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।