पनौती/लायन्स क्लव अफ पनौती तथा लियोे क्लव अफ पनौतीको तेश्रो परिचयात्मक तथा पदस्थापन र अवार्ड वितरण कार्यक्रम पनौतीमा सम्पन्न भएको छ ।
साउन १७ गते शुक्रबार पनौतीमा आयोजित एक कार्यक्रमका बीच उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा लायन्स क्लव अफ पनौती र लियो क्लव अफ पनौतीमा आबद्ध विभिन्न तहका ब्यक्तिहरुको सहभागिता रहेको थियो भने लायन्स र लियो क्लवका विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । २०१८/१९ का अध्यक्ष लायन राजेश श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा २०१८÷१९ का अध्यक्ष लियो उर्मिला श्रेष्ठले लियोका बारेमा जानकारी गराएका थिए । २०१९/२० का लागि लायन र लियोमा नयाँ पदाधिकारीहरु चयन भएका छन् ।





