2026 April 21/ 07:09: 30pm

    नाला/जनयुद्धका सहिद रामेश्वर श्रेष्ठ (राज) को १५ औ स्मृति दिवस नेकपा बनेपा नगर वडा नम्वर ४ कमिटीले एक कार्यक्रमका मनाएको छ ।
    स्मृति दिवस कार्यक्रममा नेकपाका नेता तथा पुर्व राज्य मन्त्री लाल्ध्वज तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तामाङले जनयुद्धमा शहदात पु¥याएका शहिदहरुको सपना पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । पार्टीले प्रतिबद्धता गरेका बाचाहरु पुरा गरिने र कार्यकर्ताहरुको भावनामा चोट नपु¥याउने बताएका थिए । तत्कालीन माओवादी र एमाले एकता भए पछि बनेको नेकपामा केहि अन्योल्ता भए पनि पार्टी एकता पुरा भएकाले जिल्ला पनि चाडै टुङ्गीने बताएका थिए ।  कार्यक्रममा प्रतिनिधी सांसद गगा बहादुर तामाङ, प्रदेश सांसद बसुन्धरा हुमागाई, नेकपाका जिल्ला अध्यक्ष रुकु चौलागाई, सचीब टोक बहादुर वाईवा, नेकपा नेताहरु ईन्द्र बहादुर तामाङ,मिना तामाङ, हरिदेब गिरी, रिता ढकाल, दैवलाल घिसिङ, गोपाल घिमीरे, तुलप्रसाद दाहाल, बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादे, उप प्रमुख रेखा सापकोटा दाहाल, नेकपाका भोला अर्याल, किसान महासघंका केन्द्रिय सदस्य झलक, बनेपा नगरपालिका वडा नम्वर ३ का अध्यक्ष कृष्णप्रसाद दाहाल लगाएतले सहिद रामेश्वरको सपना पुरा गरे मात्र आत्माले शान्ति पाउने बताएका थिए । सहिद रामेश्वर श्रेष्ठलाई तत्कालिन जनयुद्धमा राज्य सत्ता सँगं बल्थलीमा २०६१ साउन ९ गते दोहोरो भिडन्तमा मृत्यु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य नेकपाका नेता ४ नं का वालकृष्ण श्रेष्ठले राखेका थिए भने सभापतित्व वडा नम्वर ४ का अध्यक्ष  श्याम सुन्दर श्रेष्ठले गरेका थिए ।