2026 April 21/ 06:00: 38pm

    धुलिखेल/लन्खनामाई परिसरमा कोजु (खलः) परिवाबाट शिब मन्दिर निर्माण शुरु गरिएको छ । 
    मन्दिरको शिल्यान्यास धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्यान्जुले गरेका थिए । ब्यान्जुले कोजु परिवारलाई धन्याबाद दिदै नगरपालिकाले गर्नु पर्ने काममा सहयोग गरि धार्मिक तथा संस्कृतीको जगेर्नो गर्न सहयोग पु¥याउनु नगरबासी सबैको र्कतब्य समेत भएको बताए । ब्यान्जुले नगरपालिका भित्र रहेका मठ मन्दिर, पोखरीहरु संरक्षण गरी पुननिमार्ण समेत गरिने बताए । शिल्यान्यास कार्यक्रममा बेदप्रसाद कोजु, डा राजेन्द्र कोजु लगाएतको अगुवाईमा कोजु परिवारबाट शिबको मन्दिर निमार्ण गर्न लागिएको ६ नं. वडाका वडा अध्यक्ष संजय कोजुले जानकारी दिए । कार्यक्रममा ७ नम्वर वडाका वडा अध्यक्ष रोमी ब्यान्जु, वडा सदस्य, स्थानीयबासीहरुको सहभागिता रहेको थियो । 
    त्यसै गरी धुलिखेल नगरपालिका वडा नं ६ मा रहेको हरिसिद्धि मन्दिर परिसर वरीपरी पर्खाल र प्रवेशद्धार निर्माण ब्यान्जु परिवारले गरेको छ । ब्यान्जु परिवारबाट निर्माण गरिएको उक्त प्रबेशद्धार तथा पर्खालको लागत ९ लाख रहेको वडा अध्यक्ष रोमी ब्यान्जुले बताए ।